STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७६ कार्तिक ८, शुक्रबार

    च्याङ्ग्रा अभाव, च्याङ्ग्रीको व्यापार

    गत वर्ष सामान्य देखिएको हिमाली खसी–च्याङ्ग्राको मूल्य यस वर्षको दशैँमा अस्वाभाविक वृद्धि भयो । च्याङ्ग्राको मूल्य वृद्धिको विषयलाई लिएर उपभोक्तादेखि व्यवसायीसम्मले विभिन्न अड्कलबाजी गरे । गत वर्ष रु एक हजार २०० प्रतिकिलोमा च्याङ्ग्राको मासु बिक्री गरेका व्यवसायीहरु यस वर्षको दशैँमा रु एक हजार ३०० प्रतिकिलोका दरले बिक्री बितरण गरे । नेपाल सरकारले विगतका वर्षहरुमा भारतबाट आयात हुने गरेका खसीबोका...

  • २०७६ कार्तिक ८, शुक्रबार

    नेपाली कफीको अन्तरराष्ट्रिय बजार

    बजारको सुनिश्चित, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि यहाँका कृषकहरु छ वर्षदेखि कफीखेतीमा आकर्षित भएका थिए । चार वर्ष पहिला १८ टन कफी उत्पादन भएकामा गबारोले कफीका बोट मरेपछि गएको वर्ष उत्पादन घटेर छ टनमा झरेको जिल्ला कफी व्यवसायी सङ्घका कोषाध्यक्ष पुष्करनाथ बन्जाडेले बताउनुभयो । विश्वमै उत्कृष्ट ब्राण्ड पाएको यहाँको कफीमा पछिल्लो चार वर्षदेखि उप्पादनमा कमी आएको हो । विसं २०७० देखि...

  • २०७६ कार्तिक ७, बिहिबार

    सात सय क्विन्टल अग्र्यानिक स्याउ बिक्री

    कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदानभन्दा १०० क्विन्टल बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले बताउनुभयो । मार्तडी–कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण झन्डै एक करोडभन्दा बढी मूल्यको स्याउ बारीमै थन्किएको थियो ।...

  • २०७६ कार्तिक ६, बुधबार

    बाँकेमा बङ्गुरपालन व्यवसाय असफल

    जिल्लामा व्यावसायिकरूपमा बङ्गुरपालन विसं २०६० देखि शुरु भयो । व्यावसायिक फार्म शुरु भएको एक दशक अर्थात् विसं २०७० सम्म जिल्लामा एक दर्जन मात्र बङ्गुर फार्म थिए । पशु सेवा विभागअन्तर्गतको पशु उत्पादन निर्देशनालय केन्द्रीय बङ्गुर कुखुरा प्रवद्र्धन कार्यालयले ‘बङ्गुर सुधार कार्यक्रम’ राष्ट्रिय अभियान सञ्चालन गरेको थियो । एउटा जिल्लालाई रु २५ देखि रु ३० लाखसम्म बजेट थियो । यही कार्यक्रमअन्तर्गत...

  • २०७६ कार्तिक ४, सोमबार

    तिहारको लागि माटोका भाँडा अत्यधिक बिक्री

    तिहार नजिकिँदै गर्दा यहाँ माटाको भाँडा बिक्री अत्यधिक मात्रामा भइरहेको छ । प्रदेश नं १ को राजधानी विराटनगर बजारमा अहिले व्यापारीलाई माटोबाट बनेका विभिन्न सामग्री बेच्न भ्याइनभ्याइ भएको छ । उज्यालोको पर्वका रुपमा चिनिएको तिहारका लागि माटोका भाँडा बनाउनमै कुमाले व्यस्त छन् । सर्वसाधारण सानो दियो, कलश, घैला, मटकुरी, हन्डी धुपोरो, चारमुखे दियोलगायत सामग्री किनमेल गर्न बजार आउने गरेका छन् । दियो...

  • २०७६ कार्तिक ३, आइतबार

    नेप्से परिसूचक ओरालो यात्रामा

    धितोपत्र बजारमा शेयर कारोवर मापक नेप्सेको ओरालो यात्रा आज पनि कायम रह्यो । साताको आज पहिलो दिन नेप्से चार अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४।०३ विन्दुले ओरालो लागेर एक हजार १३३।७१ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०।७७ विन्दुले घटेर २४८।३५ विन्दुमा पुगेको छ । नेप्से आरोलो लागेसँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १२८ कम्पनीको चार लाख २१ हजार ४७४...

  • २०७६ कार्तिक १, शुक्रबार

    एकै गोठबाट दशैँमा २० लाख आम्दानी

    दशँैका अवसरमा भेडा र खसी बिक्री गरेर यहाँका एक किसानले एकै महीनामा रु २० लाख बढी आम्दानी गर्नुभएको छ । म्याग्दीको ऋखार क्षेत्रमा भेडापालन गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका देवान हिमबहादुर छन्त्यालले १०० को हाराहारीमा भेडा र खसी बिक्री गर्नुभएको हो । व्यापारीले गोठमै पुगेर भेडा र खसी खरीद गरेको भेडापालक कृषक छन्त्यालले बताउनुभयो । धवलागिरि हिमालको फेदी नजिक ऋखार क्षेत्रमा रहेको गोठबाट...

  • २०७६ आश्विन ३०, बिहिबार

    भारतीय नागरिकका कारण नेपालगञ्जमा फिल्म व्यापार फस्टाउँदै

    भारतीय बजार रुपैडियामा दशैँको किनमेल गर्न गएका नेपालीको भीड थामिनसक्नु छ । नेपालगञ्जको बजार फस्टाउन नसकेका बेला रुपैैडिया भने मालामाल हुनु सामान्यजस्तै बनिसकेको छ । हरेक सामान किन्न नेपाली रुपैडिया पुग्छन् । तर रुपैडियालगायत सीमावर्ती ठाउँमा भारतीय नागरिक फिल्म हेर्नकै लागि नेपालगञ्ज आउँछन् । भारतीय नागरिककै कारण नेपालगञ्जको फिल्म व्यापार अझ फस्टाएको छ । सीमावर्ती भारतीय बजार र गाउँका भारतीय...

  • २०७६ आश्विन २८, मंगलबार

    सामान्य विन्दुले बढ्यो नेप्से

    धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३।६२ विन्दुले बढेर एक हजार १४०।५८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०।९७ विन्दुले बढेर २५०।१४ मा पुगेको छ । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने औसतमा समेटिएको छ । कूल १५० कम्पनीको सात लाख १९ हजार ३३० कित्ता शेयर रु २० करोड ९२ लाख छ हजार ६३१ मूल्यमा...

  • २०७६ आश्विन २४, शुक्रबार

    चीनसँग व्यापारः बङ्गुरको मासु चीनतर्फ निर्यात गर्न नेपाल इच्छुक

    बङ्गुरको मासु चीनतर्फ निर्यात गरी नेपालले ठूलो फाइदा लिन सकिन्छ । यसका लागि पोखरामा पिग औद्योगिक पार्क निर्माण भएको छ । विश्व अर्थतन्त्रको आकर्षण कृषिमा भन्दा औद्योगिकीकरणतर्फउन्मुख छ । नेपाल जस्ता विकासोन्मुख राष्ट्र भने कृषिमा निर्भर छन् । तीव्र औद्योगिकीकरणतर्फ लम्किरहेका चीन जस्ता राष्ट्रमा कृषि उत्पादन निर्यात गरी लाभ बटुल्ने अवसरलाई नेपालले केन्द्रबिन्दुमा राखेर योजना तर्जुमा गर्न थालेको छ...

  • २०७६ आश्विन २३, बिहिबार

    शेयर बजार ः झिनो अङ्कले घट्यो

    दशैँको बिदा सकिएलगत्तै खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०।३९ विन्दुले घटेर एक हजार १४९।०१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०।०४ विन्दुले घटेर २५१।९३ विन्दुमा पुगेको छ । स्टकका अनुसार नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तोमा समेटिएको छ । कूल १२१ कम्पनीको दुई लाख ३२ हजार ६१९ कित्ता शेयर रु छ...

  • २०७६ आश्विन २२, बुधबार

    रु दुई करोड ५० लाखको खसीबोका बिक्री

    नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा रु दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन् । गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रबाट सो मूल्य बराबरका खसीबोका बिक्री भएको हो । हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबँेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैँमा मात्रै रु दुई करोड ३० लाखको मूल्य बराबरको खसीबोका बिक्री गरेको छ । सहकारीले स्थापना गरेको...

Pages