STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेप्सेमा ३३ अङ्कको वृद्धि

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ५, आइतबार

धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा आजको वृद्धिले नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३३।४३ विन्दुले वृद्धि भई एक हजार ३४३।६५ मा पुगेको हो । प्रतिशतका आधारमा नेप्सेमा २।५५ वृद्धि देखिएको हो । यस्तै सेन्सेटिभ परिसूचक ५।५२ विन्दुले बढेर २८८।३९ मा पुगेको हो । नेप्सेले ‘बुलिस टे«न्ड’ पछ्याउँदा कारोवार रकमले पनि नयाँ उचाइ कायम गरेको छ । कूल १७८ कम्पनीको ६१ लाख ३१ हजार ४१८ कित्ता शेयर रु दुई अर्ब नौ करोड आठ लाख ७७ हजार ९१७ बराबरको कारोवार भएको हो । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूह ७।९८ ले घट्दा बैंकिङ १७।९४, होटल ४९, विकास बैंक ६६।५३, जलविद्युत् ४५।४६, निर्जीवन बीमा ३३७।०२, उत्पादन ५९।९४, अन्य १२।३६, लघुवित्त ३२।०६, जीवन बीमा ४०३।२५ र सामूहिक लगानी कोष ०।५४ ले वृद्धि भएको छ । बीमा समूहमा कम्पनीमा लगानीकर्ताको उच्च आकर्षण देखिएपछि बजार नयाँ विन्दुमा पुगेको स्पष्ट देख्न सकिन्छ । लगानीकर्तामा बढेको सकारात्मक मनोविज्ञानले पनि बजारलाई सकारात्मक लयमा लैजान अभिप्रेरित गरेको हो । नेप्सेका अनुसार आज कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार ३०० को दरमा कारोवार हुँदा दिनभर रु १२ करोड १५ लाख ५९ हजार ८९५ बराबरको कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै शिवम् सिमेन्ट रु १० करोड आठ लाख ५० हजार ७०६, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु आठ करोड ७९ लाख ६९ हजार ९३७, प्रभु बैंक रु आठ करोड १८ लाख ५२ हजार ५२९, एनसिसी बैंक रु ६ करोड ६७ लाख ७६ हजार ३६८, एनआइसी एशिया रु ६ करोड ३० लाख २३ हजार ३४३, नेपाल बैंक रु चार करोड ९३ लाख ६० हजार ९१७ र शिखर इन्सुरेन्स कम्पनी रु चार करोड ७२ लाख ६९ हजार ७३५ को कारोवार भई शीर्षस्थानमा रहे । नेप्सेका अनुसार लक्ष्मी इक्विटी फन्ड, हिमालयन जनरल इन्सुरेन्स कम्पनी, जानकी फाइनान्स प्राइम लाइफ इन्सुरेन्स, सिद्धार्थ इन्सुरेन्सका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सगरमाथा इन्सुरेन्स ९।९८, प्रिमियर इन्सुरेन्स ९।९८, प्रभु इन्सुरेन्स ९।९७ र प्रुडेन्सियल इन्सुरेन्सका लगानीकर्ताले ९।९३ प्रतिशतले कमाए । स्वाभिमान लघुवित्त वित्तीय संस्था ६।६९, कालिका पावर कम्पनी ५।०५, जोशी हाइड्रोपावर ४।४७, साल्ट टे«डिङ कर्पोरेशन ३।८८, विशाल बजार कम्पनी ३।८२ र श्री इन्भेस्टमेन्ट फाइनान्सका शेयरधनीले ३।४८ प्रतिशतले गुमाए ।
Categorized in बिजनेस