STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सङ्कटमा परे हाते कागज उद्योग

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २८, सोमबार

सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा दुई वर्षदेखि सञ्चालित एक नेपाली हाते कागज उद्योग सङ्कटमा परेको छ । करिब रु सात लाखको लगानीमा सञ्चालनमा आएको सिर्जना नेपाली हाते कागज उद्योग कच्चा पदार्थ, बजारको अभावलगायतका समस्याले सङ्कटमा परेको हो । उद्योग सञ्चालक बुद्धिमान बोहोराले उत्पादित कागजको नजिकै बजार नहुनु, समयमै कच्चा पदार्थ नपाउनु, ढुवानीको समस्या हुनुजस्ता कारणले उद्योग चलाउन मुस्किल परेको बताउनुभयो । “लगानीअनुसार आम्दानी गर्न सकिएन, मुख्य समस्या कच्चा पदार्थ र उत्पादित कागजले बजार नपाउनु नै हो”, उहाँले भन्नुभयो, “कालीकोट, जुम्लाबाट लोक्ता ल्याउनुपर्छ, नजिकै लोक्ता नहुँदा ढुवानीमै ठूलो रकम खर्च गर्नुपर्ने अवस्थाले उद्योग घाटा बेहोर्नुप¥यो ।” लोक्ता कागज उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थ हो । उद्योगबाट नोटबुक, डायरी, रजिष्ट्रार, फोटोकपी पेपर, गिफ्टबक्स, गमलालगायत नेपाली हाते कागजका थुप्रै आकर्षक सामग्री उत्पादन हुँदै आएका छन् । नेपाली कागजको थुप्रै महत्व भए पनि गाउँघरमा यसको बजार नहुँदा समस्या भएको उहाँको गुनासो छ । उहाँले थुपै्र पटक स्थानीय र प्रदेश सरकारलाई सहयोगका लागि आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला सम्भावना देखेर फरक व्यवसायका रुपमा कागज उद्योग सञ्चालन गर्ने सोच बनाएँ, अहिले लगानी नै डुब्ने अवस्था सिर्जना भयो, नगरपालिका र प्रदेश सरकारबाट बजारीकरणमा कुनै सहयोग पाइएन्, ।” साथै उहाँले उद्योगलाई आधुनिक औजार तथा भण्डारणका लागि भौतिक संरचना आवश्यक परेको बताउनुभयो ।
Categorized in बिजनेस