STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोज बहादुर न्याछ्यों निर्वाचित

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष १९, आइतबार

ललितपुर उद्योग वाणिज्य संघ  अध्यक्ष पदमा मनोज बहादुर न्याछ्यों विजयी  हुनु भएको छ  ।

नव निर्वाचित न्याछ्यों आफ्नो  प्यानलसहित चुनावी मैदानमा उत्रनु भएको हो भने उहाँले भरतलाल जोशीलाई पराजित गरी अध्यक्षमा  निर्वाचित   हुनु भएको हो । 

शनिबार सम्पन्न  चुनावपछि राती ढिलो सार्वजनिक  भएको परिणाम अनुसार वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य , उद्योग उपाध्यक्ष सुसन महर्जन, वाणिज्य उपाध्यक्ष उसन बज्राचार्य, संस्थागत उपाध्यक्ष विरेन्द्र लाल श्रेष्ठ, महासचिव रूपकमान महर्जन र कोषाध्यक्षमा भूमिनन्दन कमाचार्य निर्वाचित  हुनु भएको छ  ।

त्यस्तै गरि सदस्यहरुमा रूपेन्द्र राज शाक्य, राजेश राज बज्राचार्य, मिलन शाकय, आपुलाल अवाले, मुकुन्द महर्जन, सुजन बज्राचार्य, राजु महर्जन, महेश श्रेष्ट, गुनकेशरी ताम्राकार, रमेश महर्जन,शर्मिला श्रेष्ठ, सजना श्रेष्ठ र विमला शाक्य निर्वाचित हुनु भएको छ  ।

सो निर्वाचनमा  पूर्ण महर्जन र नविनमान श्रेष्ठ कार्यसमिति एशोसिएट सदस्यहरुमा  निर्विरोध निर्वाचित हुनु भएको छ   । 

२२  पदका लागि भएको चुनावमा ४२ जनाको  उम्मेद्वारी परेको थियो ।

Categorized in बिजनेस