STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २३, बुधबार

काठमाडौं - सरकारले नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार निर्माण तथा आपूर्तिको काम तोकिएको अवधिमा पूरा नगर्ने ती नौ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एकदेखि दुई वर्षका लागि कालोसूचीमा राखिएको हाे।

इनरुवाको नुरानी कन्स्ट्रक्सन दुई वर्षका लागि कालोसूचीमा परेको छ । जलस्रोत तथा सिंचाइ विभागको सिफारिसमा उक्त निर्माण कम्पनी कालोसूचीमा परेको सार्वजनिक खरिद अनुगमन कार्यालयले उल्लेख गरेकाे छ । बाँकी आठ वटा फर्म एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

Categorized in बिजनेस