STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, पेट्राेल १२५ प्रतिलिटर

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २२, शनिबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल/मट्टितेल र हवाई ईन्धन (आन्तरिक उडान) को साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो ।

मृल्यवृद्धिसँगै काठमाडौंका लागि पेट्रोलको १२५, डिजल/मट्टितेलको १०८ र आन्तरिक उडानका लागि हवाई ईन्धन ८० रुपैयाँ प्रतिलिटर नयाँ खुद्रा बिक्री मूल्य कायम भएको निगमका प्रवक्ता ई. विनितमणि उपाध्याय जानकारी दिए ।

उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिम पदार्थको मूल्य बढेकाले नेपालमा पनि स्वचालिक मूल्य प्रणाली कार्यान्वयन कार्यविधिबमोजिम मूल्य समायोजन गरिएको हो । एलपी ग्यासको भने मूल्य यथावत रहेको निगमले जनाएको छ ।

Categorized in बिजनेस