STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

व्यापारीको मिलेमतोमा चिनीको मूल्य बढाइयो

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २७, सोमबार

काठमाडौं - निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् ।

चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ ।

८५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले ९० देखि ९५ रुपैयाँ किलोसम्ममा बिक्री भएको छ ।

साल्ट ट‌्रेडिङ कर्पोरेसनले भने कर छुटमा ल्याएको चिनी आफ्नो आउटलेटमा किलोको ७७ रुपैयाँ ७५ किलोमा बिक्री गरिरहेको छ ।

चिनी उद्योगी र ठूला व्यापारीको मिलेमतोमा चिनीको मूल्य बढाएको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए ।

Categorized in बिजनेस