STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कार्यालय एक चौथाई कर्मचारीद्वारा सञ्चालन हुने

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १९, आइतबार

काठमाडौं - कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सीसीएमसी) ले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाई कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको छ ।

केन्द्रको शनिवार सम्पन्न बैठकका निर्णयमा निषेधाज्ञा जारी भएका काठमाण्डौ उपत्यका र ठूला सहरमा बैंक तथा वित्तीय संस्थाका शाखामा एक चौथाई कर्मचारी राखेर सञ्चालन गराउने भनिएको छ ।

यस कार्यका लागि नेपाल राष्ट्र बैंकले सहजीकरण गर्नेछ । काठमाण्डौ उपत्यकाका हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने, व्यवसाय र उद्योगमा कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएको छ ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन आदि) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने, सार्वजनिक निर्माणमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माण गरिराख्ने निर्णय पनि गरिएको छ ।

Categorized in बिजनेस