STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पेट्राेलमा प्रतिलिटर २ रुपैयाँ बढ्याे

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १६, मंगलबार

काठमाडौं – सरकारले पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ । याेसँगै अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी ‍मूल्य बढाएको हो ।  तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए । गत चैतमा भएको लडकाउनमा लिटरमा १३ रूपैयाँसम्म नाफा हुँदा पनि निगमले मूल्य घटाएको थिएन । त्यतिबेला मूल्य घटाए पनि प्रयोगकर्ताले लाभ नपाउने तर्क गरिएको थियो । तर, अहिले भने निषेधाज्ञा भारतबाट मूल्य बढेर आएको दिनमै मूल्य बढाउने निर्णय भएको छ ।
Categorized in बिजनेस