STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बढ्यो सुनको भाउ

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १४, आइतबार

काठमाडौँ : कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ३०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९० हजार ८६० निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको तुलनामा चाँदीको मूल्यमा रु पाँचले वृद्धि भएको छ । एक तोला चाँदीको मूल्य रु ९४५ तोकिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । 
Categorized in बिजनेस