ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २४, बुधबार
काठमाडौं - लामो समय देखि थन्क्याएर राखेका ट्याक्सी ब्यवसाय अब सञ्चालन हुने भएकाे छ । संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
यसअघि लगानी डुब्न लाग्यो भन्दै व्यवसायीहरुले सरकारको ध्यानाकषर्ण गराएका थिए ।
कोरोना फैलन नदिन सरकारले लागू गरेको लकडाउनको अवधीभरी ट्याक्सी थन्क्याएर बसेका ब्यवसायीहरु यो समाचारले खुसी हुने भएका छन् । तर ट्याक्सी सञ्चालनका लागि केही मापदण्ड भने पुरा गर्नुपर्ने छ । विश्व स्वास्थ्य संगठन र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले बनाएको मापदण्ड अनुसार ट्याक्सी सेवा खुला गर्न समितिले निर्देशन दिएको हो ।
सरकारी कार्यालय, पसल ब्यवसाय सञ्चालन भएको बेलामा सार्वजनिक यातायात सञ्चालन नहुँदा सर्वसाधारणलाई हिडडुल गर्न कठिन भएको छ । नीजि सवारी साधन सञ्चालनमा पनि कडाई भएका कारण समस्या भोग्नु परेको छ । समिति सभापति कल्याणीकुमारी खड्काले सरक्षा र सतर्कता अपनाएर ट्याक्सीलाई सेवा दिन खुला गर्नुपर्ने बताएकी छिन् । बुधबार समितिमा ट्याक्सी व्यवसायी नेता र मजदुरहरुसँगको छलफल भएको थियो । लकडाउन अवधिभरका लागि बैंकले ऋणको ब्याज मिनाहा गरिदिनु पर्ने माग ट्याक्सी ब्यवसायीको छ ।
Categorized in बिजनेस