STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ४ सयले घट्यो

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २५, मंगलबार

काठमाडौं – आज एकैदिन सुनको भाउ ३ हजार ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा सुन ३ हजार ४ सय रुपैयाँ घटेर ९४ हजार ८ सय रुपैयाँमा झरेको छ ।

हिजो तोलामा सुन ९८ हजार २ सय रुपैयाँ थियो ।

अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनु र कोरोना विरुद्धको खोपमा सफलता मिल्नुले सुनचाँदीको भाउ घटेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

कोभिड-१९ विरुद्धको खोपका सम्भावित सफलताको आशासँगै विश्व शेयर बजारमा सकारात्मक प्रभाव देखिन थालेपछि सुनको भाउ घट्न थालेको हो । अब तत्काल सुनको भाउ बढ्ने सम्भावना नरहेको महासङ्घले जनाएको छ ।

हिजो ड्रग्स फर्म फाइजरले प्रारम्भिक विश्लेषणमा आफूले निर्माण गरिरहेको कोरोना भाइरस विरुद्धको खोप ९० प्रतिशत प्रभावकारी भएको दाबी गरेसँगै शेयर बजारमा उकालो लाग्न थालेको छ । यसैबीच, आज चाँदी पनि तोलामा ६० रुपैयाँले घटेको छ ।

चाँदी आज तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको छ । हिजो तोलामा १२ सय ७५ रुपैयाँ थियो ।

Categorized in बिजनेस