STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तिहार बिदामा बैंकहरु नखुल्ने

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २५, मंगलबार

काठमाडौं – दसैं बिदामाजस्ताे तिहार बिदामा पनि बैंकहरूले आफ्ना सबै शाखा बन्द गर्ने भएका छन् ।

कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरूको सम्पूर्ण शाखा बन्द हुने नेपाल बैकर्स संघले जनाएको छ ।

यस समय डिजिटल कारोबार र एटीएम सेवा भने नियमित रहने बैंकहरूले जनाएका छन् ।

कोभिड-१९ कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकोले जाेखिम घटाउन तिहार बिदामा बैकहरूले सबै शाखा बन्द गर्ने जनाएका हुन् । 

Categorized in बिजनेस