STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आईपीओको नतिजा अब तीनवटा वेबसाइटबाट मात्रै हेर्न पाइने

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १३, बिहिबार

काठमाडाैं – अब प्राथमिक सेयर (आईपीओ)को नतिजा मेरो शेयर, सम्बद्ध कम्पनीको वेबसाइट र बिक्री प्रबन्धक (ब्रोकर) को वेबसाइटबाट मात्र हेर्न पाइने भएको छ ।

नियामक निकाय सीडीएससीले शुक्रबारबाट लागू हुने गरी निजी कम्पनी तथा सामाचार पोर्टलहरूलाई नतिजा प्रकाशितमा रोक लगाउँदै तीनवटा वेबसाइटलाई मात्रै नतिजा प्रकाशनको अनुमति दिएको हो ।

पछिल्लो समय निजी कम्पनी तथा समाचार पोर्टलहरूलाई सीडीएसीले गैरकानुनी रूपमा लगानीकर्ताको डिम्याट खाताको गोप्य विवरण दिएको भन्दै लगानीकर्ताले विरोध गर्दै आएका थिए ।

कानुनतः धितोपत्र केन्द्रीय निक्षेप सेवा नियामावली २०६८ को बुँदा ४७ अनुसार कुनै पनि लगानीकर्ताको डिम्याट खातालगायतका विवरण गोप्य राख्नुपर्ने व्यवस्था छ । तर, सीडीएससीले नै आईपीओसँग सम्बन्धित नै नरहेका निजी संस्थालाई नतिजा प्रकाशित गर्ने नाममा विवरण वितरण गर्दै आएको थियो । यसले लगानीकर्ताको डिम्याट खातासँग सम्बन्धित विवरण खुल्लमखुल्ला चुहावट भइरहेको थियो ।

शेयरबजारमा लागनीकर्ताको चाप बढेसँगै विवरण वितरणको सीडीएससीको कामलाई लिएर चौतर्फी आलोचना भएसँगै भोलिबाट नतिजा सम्बन्धित संस्थाको वेबसाइटबाट मात्रै हेर्ने व्यवस्था मिलाइएको हो ।

सीडीएससीका प्रवक्ता शुरेस न्यौपानेका अनुसार शुक्रबारबाटै लागू हुने गरी सम्पूर्ण असम्बन्धित वेबसाइट तथा पोर्टलहरूबाट आईपीओ नतिजा प्रकाशित गर्ने अधिकार खोसिएको छ ।

Categorized in बिजनेस