STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खाना पकाउने ग्याससँगै पेट्राेलियम पदार्थमा पुनः मूल्यवृद्धि

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २९, बिहिबार

काठमाडौं – सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल/मटितेलको ९५ रुपैयाँ पुगेको छ ।

एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो । खाना पकाउने ग्याँसकाे भाउ एक वर्षपछि बढेकाे हाे ।

हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको छ ।

Categorized in बिजनेस