STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ज्योति लाइफ इन्स्योरेन्सकाे आईपीओ आजदेखि

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २१, शुक्रबार

ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता साधारण शेयर (आईपीओ) काे आवेदन खुला गरिएको छ । कम्पनीले शुक्रबारदेखि २६ फागुनसम्मका लागि आईपीओ खुला गरेको हो ।

साे आईपीओका लागि लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत आवेदन दिन सक्ने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

लिमिटेडका अनुसार सीडीएससीको निर्देशनमा ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ तोकिएको मितिभन्दा दुई दिनअगाडि नै निष्कासन गरिएको हो । यसअघि यो आईपीओ २३ फागुनदेखि निष्कासन हुने भनिएको थियो ।

Categorized in बिजनेस