STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दुई महिनामा पाँचाैपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ४, बुधबार

काठमाडाैं - नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो ।

मूल्य समायोजनपछि पेट्रोलको खुद्रा बिक्री मूल्य ११८ र डिजेल तथा मट्टितेलको १०१ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर ११६, डिजल र मट्टीतेल प्रतिलिटर ९९ मा बिक्री हुँदै आएको थियो ।

साथै निगमले हवाई ईन्धनको आन्तरिकतर्फ २ रुपैयाँ मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धिसँगै हवाई इन्धनको मूल्य ७४ रुपैयाँ प्रतिलिटर पुगेको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

मूल्यवृद्धिपछि पनि पेट्रोलमा ९ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर ५ रुपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्याासमा प्रतिसिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको निगमको भनाइ छ ।

यसअघि निगमले १७ र ४ फागुन, ६ र २८ माघमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । निगमले इण्डियन आयल कर्पोरेशनले वृद्धि गरेर पठाएको मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको जनाएको छ ।

Categorized in बिजनेस