STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोलमा ८ तथा मट्टितेल र डिजेलमा १२ रूपैयाँ बढ्यो

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २६, बिहिबार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । 

नेपाल आयल निगमले मूल्य बढाएको हो । पेट्रोलमा लिटरको आठ रुपैयाँ तथा मट्टितेल र डिजेलमा प्रतिलिटर १२ रुपैयाँ मूल्य बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ भएकोबाट अब १७८ रूपैयाँ भएको छ ।  यस्तै डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएकोबाट अब १६५ भएको छ । यसअघि १६३ रुपैयाँ प्रतिलिटर थियो ।

यसअघि सरकारले इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर छुट दिने निर्णय गरेको थियो ।  सोही अनुरूप एक हप्ता अघि मात्र पेट्रोलियम पदार्थको मूल्य घटाइएको थियो । 

Categorized in बिजनेस