STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पेट्रोल, डिजेल र मट्टितेलमा १० रूपैयाँ घट्याे

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १९, बिहिबार

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार एक सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जानकारी दिएको छ । 

सरकारको निर्देशनअनुसार मूल्य समायोजन गरिएको निगमका नायाव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । 

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ भएको छ । यसअघि १८० रुपैयाँ प्रतिलिटर थियो । यस्तै डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ । यसअघि १६३ रुपैयाँ प्रतिलिटर थियो । मट्टितेलकाे मूल्य पनि १० रूपैयाँ घटेकाे छ । 

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । 

सरकारले हालै इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर छुट दिने निर्णय गरेको थियो । भारतले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य बढेको थियो भने ग्यास, डिजेल र मट्टितेलको मूल्य घटेको थियो । 

Categorized in बिजनेस