STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अब ६८ वर्षमै वृद्धभत्ता पाइने, देशैभरका विद्यालयमा प्राविधिक शिक्षा

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १५, आइतबार

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षदेखि ६८ वर्षका जेष्ठ नागरिकलाई वृद्ध भत्ता दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि ६८ वर्षमै वृद्ध भत्ता दिने घोषणा गरेका हुन् ।

यसअघि, ७० वर्ष पुगेका जेष्ठ नागरिकले वृद्धा भत्ता पाउँदै आएका थिए । यद्यपी, सरकारले वृद्धा भत्ताको रकम भने बढाएको छैन । हाल मासिक ४ हजार रुपैयाँ वृद्धा भत्ता वितरण हुँदै आएको छ । आगामी वर्ष पनि वृद्धा भत्ताको रकम भने सोही रहने छ ।

देशैभरका विद्यालयमा प्राविधिक शिक्षा

काठमाडौं सरकारले देशैभरका १ हजार २ सय सामुदायक विद्यालयमा प्राविधिक शिक्षा सहित भवन निर्माण गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्राविधिक शिक्षालाई विस्तार गर्न शिक्षकको तालिम तथा क्षमता अभिवृद्धि गर्ने व्यवस्था गरिने भएको छ । सोही कार्यक्रमका लागि ८ अर्ब ८८ करोड बजेट विनियोजन गरिएको छ ।

प्राविधिक विषयलाई विस्तारै प्रदेशमा हस्तान्तरण गर्ने नीति सरकारले लिने तयारी गरेको छ ।

Categorized in बिजनेस