STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पेट्रोलको बढेको भाउसहित भारतले पठायो इन्धनको नयाँ मूल्यसूची

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १८, बुधबार

काठमाडौं - भारतले इन्धनको नयाँ मूल्यसूची पठाएको छ । बुधबार भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको मूल्य बढेको छ भने डिजेलको घटेको निगमका एक अधिकारीले जानकारी दिए । उनका अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ २१ पैसाले मूल्य बढेर आएको छ ।

यस्तै मट्टितेलमा प्रतिलिटर पनि ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने घटेको छ । ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ मूल्य घट्दा हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर नयाँ मूल्य आएको छ । यस्तै डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेर आएको छ ।

नयाँ मूल्यअनुसार पनि निगमलाई पेट्रोलमा २२ रुपैयाँ ९३ पैसा घाटा रहेको निगमले जनाएको छ । तर, नेपाल सरकारले यसअघि लिँदै आएको १० रुपैयाँ पूर्वाधार निर्माण कर घटाउने निर्णय गरेको छ । अब निगमले नयाँ मूल्य तोक्ने छ । भारतबाट बढेर आएको मूल्य र सरकारले छुट दिएको करसमेत समायोजन गरेर निगमले इन्धनको नयाँ मूल्य तोक्ने छ ।

Categorized in बिजनेस