STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पेट्रोल,डिजल र मट्टीतेलमा तीन रुपैयाँ घट्याे

Janjati Khabar – Janjati Khabar | २०७९ पौष १, शुक्रबार

काठमाडाैं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजलमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर  ३ रूपैयाले घटाएको हाे । यसअघि पेट्रोल प्रतिलिटर रु १८१ रहँदै आएकामा अब भने प्रतिलिटर रु १७८ मा बिक्री हुनेछ ।

डिजल प्रतिलिटर रु १७८ मा बिक्री भइरहेकामा अब भने रु १७५ मा बिक्री हुनेछ । मट्टीतेल प्रतिलिटर रु १७८ मा बिक्री हुँदै आएकामा अब भने रु १७५ मा बिक्री वितरण हुने निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत नै राखिएको छ । निगमले सरकार र इण्डियन आयल कर्पोरेशनलाई नियमित भुक्तानीसहित रु १९ अर्ब तिर्न बाँकी रहेको जनाएको छ । बाँकी बक्यौता तथा सरकारले उपलब्ध गराएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूर्ण रहेको जनाइएको छ ।

Categorized in बिजनेस