STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मंसिर २३ गते हस्तकला व्यापार मेला शुरु हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ मङ्सिर १३, मंगलबार

नेपाल हस्तकला महासंघको आयोजनामा यही मंसिर २३ गते शुक्रबारदेखि २७ गते मंगलबारसम्म राजधानीमा १९ औं हस्तकला व्यापार मेला हुने भएको छ ।

नेपाल हस्तकला महासंघको आयोजनामा सो मेला हुन लागेको सो मेला बौद्धस्थित होटेल हायात रिजेन्सीमा हुनेछ भने सो मेलामा हस्तकलाका वस्तुहरुको १ सय ५० वटा स्टल रहने कुरा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पत्रकार भेटघाटमा जानकारी दिनुभयो  ।

नेपालमा प्रत्येक वर्ष नियमित रुपमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेला हुने सन्देश स्थापित गर्ने प्रयास स्वरुप विगतमा झै यस वर्ष पनि मेलाको आयोजनालाई निरन्तरता दिइएको कुरा उहाँले बताउनु भयाे  ।

अन्तर्राष्ट्रिय स्तरमा सो मेलाको प्रवद्र्धनको लागि महासंघका अतिरिक्त नेपाल सरकारका कुटनीतिक नियोग र अन्य निकायसंग समन्वय गर्दै आएको पनि अध्यक्ष शाक्यले बताउनुभयो । 

मेलाले हस्तकलाको सामग्रीहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार प्रवद्र्धन, हस्तकलाको सामग्रीको बजारको विकासमा टेवा पु¥याउने, हस्तकला र नेपाली संस्कृतिको सम्बन्ध बुझाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास महासंघले लिएको छ ।

मेलामा नेपालमा बनेका र नेपालमै बनाऊ अवधारणा अनुरुप वस्तुहरु प्रदर्शन हुने पनि महासंघले जनाएको छ ।

महासंघका अनुसार मेलाको अवसर पारेर ७० वर्ष नाघेका ज्येष्ठ नागरिक कलाकारको सम्मान गर्ने भएको छभने गत आर्थिक वर्षमा हस्तकलाका सामग्री निर्यात गर्ने अग्रणी निकासीकर्ताहरुलाई पनि सम्मान गरिने भएको छ । 

मेलासंगै १७ औं हस्तकला प्रतियोगिता पनि हुने महासंघले जनाएको छ।काष्ठकला, प्रस्तरकला र सेरामिकको प्रयोगबाट मानवमुखाकृति भएको गरुड बनाउने विधा र प्राकृतिक रेसाहरुको प्रयोगबाट मफलर बनाउने प्रतियोगिता सञ्चालन गरिने छ ।कला प्रदर्शनी अन्तर्गत फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थांका गरी तीन वटा विधामा कला प्रदर्शनी हुने पनि महसंघले जनाएको छ ।

करिब १२ अर्ब मूल्य बराबरको हस्तकलाका वस्तुहरु वर्षेनी ६० वटा देशमा नियात हुने गरेको पाइएको छ । महासंघका अनुसार हस्तकलामा करिब ८ लाख व्यक्तिहरु संलग्न रहेको छ । हस्तकलालाई नेपालको मुख्य निर्यातमूलक उद्योगको रुपमा लिइन्छ ।

Categorized in बिजनेस