STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्लाष्टिकका फूलमाला किनबेच गरे एक लाखसम्म जरिवाना

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक ४, शुक्रबार

काठमाडौँ - तिहार र छठ पर्वमा प्लाष्टिकका फूलमालाको प्रयोग गर्दै हुनुहुन्छ भने सचेत हुनुहोस् । प्लाष्टिकजन्य फूलमालाको प्रयोग वा बिक्रि गरे एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने छ ।

सरकारले प्लाष्टिजन्य फूल, फूलका गुच्छा, मालालगायतको कारोबार नगर्न आग्रह गरेको छ । नजिकिएको तिहार तथा छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न वातावरण विभागले सचेत गराएको हो ।

विभागले सूचना निकालेर गएको साउन १२ गतेदेखि नै प्लाष्टिकजन्य फूल, माला, तथा गुच्छाको उत्पादन, आयात र बिक्रि वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाएको पनि स्मरण गराएको छ ।

नियम विपरीत कसैले यस्ता फूलमालाको प्रयोग गरेको वा बिक्री गरेको पाइए वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाख रुपैयाँसम्मको जरिवाना हुने विभागले जनाएको छ ।

राजपत्रमा सूचना निकालेर प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा रोक लगाएकाले चाडपर्वमा यस्ता प्लाष्टिकजन्य फूलमालाको प्रयोग नगर्न आग्रह गरेको हाे ।

Categorized in बिजनेस