STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर १५, बिहिबार

काठमाडौं - बिहीबार भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ मूल्य घटाएर पठाएको हो ।

बिहीबारको नयाँ मूल्यअनुसार नेपाल आयल निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा रहेको छभने निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ।

भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य घटाउन या नघटाउने त्यसबारे कुनै छलफल नभएको बताइएको छ ।

भारटबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि निगमले आइओसी र नेपाल सरकारको गरेर अझै १५ अर्ब रूपैयाँ ऋण तिर्न बाँकी रहेको र तत्काल पेट्रोल र डिजेलको मूल्य घटाउनेबारे टुंगो लगाइएको छैन ।

Categorized in बिजनेस