STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सामसाङको मोबाइल किन्दा नबिलले दिने क्यासब्याक

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ५, मंगलबार

काठमाडौं - विश्वव्यापी रुपमा मनपराइएको स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए ३४५जि र ग्यालेक्सी ए ५४५ जिको खरिदमा सीमित समयका लागि विशेष योजना सुरु गरेको छ ।

यस योजनाको लागि सासमसङले नबिल बैंकसंग अप्रिल १२, २०२३ मा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जस अनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्यालेक्सी ए ३४५ जि र ग्यालेक्सी ए ५४५ जि खरीद गर्दा रु.२०००/ क्यासब्याक प्राप्त गर्नेछन् ।

सामसङ ग्यालेक्सी ए ३४५ जि र ग्यालेक्सी ए ५४५ जि नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो । उपलब्ध भएदेखि नै तिन्मा विद्यमान असाधारण पर्फर्मेन्स र अद्भुत विशेषताहरुको कारण मोबाइल बजारलाई तताइदिएको छ ।

यी दुवै मो डलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भनें यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रँगहरुमा उपलब्ध छन्, जसले ग्राहकहरुलाई अतुल्य उत्पादनको अनुभूति दिलाएको छ ।

क्यासब्याक अफरका साथ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि ग्राहकहरुका लागि अझ बढी सुलभ भएको छ । ग्राहकहरुले उनीहरुसंग भएको नबिल बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत् चुनिएका स्टोरहरु अथवा ब्राण्डका शोरुमहरुबाट ग्यालेक्सी ए ३४५ जि र ग्यालेक्सी ए ५४५ जि खरिद गर्दा क्यासब्याक अफरको फाइदा लिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ ।

Categorized in बिजनेस