ललितपुर तयारी पोशाक ब्यापार संघको रजत जयन्ती
Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २६, मंगलबार

ललितपुर तयारी पोशाक ब्यापार संघले आफ्नो स्थापनाको २५ बर्ष पुरा गरेको अवसरमा रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाउने भएको कुराको जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
रजत जयन्ती को अवसरमा यो एक वर्ष भरीमा आयकर सम्बन्धी अन्तरक्रिया, व्यावसायिक लेखा प्रणाली तालिम, बैंक तथा इन्सुरेन्स सम्बन्धी सहजीकरण, सुस्वास्थ्यका लागि विविध कार्यक्रम, असहाय, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरुलाई सहयोग गर्ने, अन्तर संघ खेलकूद प्रतियोगिता गर्ने , स्मारिका प्रकाशन गर्ने , दशैं तिहार विशेष उपहार कार्यक्रम गर्ने तथा सदस्यता अभिबृद्धि जस्ता कार्यक्रमहरुको समेत आयोजना गर्ने जनाएको छ ।
२५ बर्ष अघि पुष्परत्न शाक्यको अध्यक्षतामा ललितपुर जिल्लाका तयारी पोशाक, ब्याग तथा कस्मेटिक्स ब्यवसायीहरुलाई संगठित गर्ने उद्देश्यले संघको स्थापना भएको हो ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष मिलन श्रेष्ठले प्रेस विज्ञप्ति वाचन गर्दै स्वागत गर्नुभएको थियो भने संस्थापक अध्यक्ष शाक्यले संघको इतिहास उल्लेख गर्दै पत्रकारहरुको जिज्ञासाको जवाफ दिनु भएको थियो । यस्तै गरी धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष शेरबहादुर महर्जनले गर्नुभएको थियो ।
Categorized in बिजनेस