STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०८० कार्तिक २०, सोमबार

    साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने

    काठमाडौँ - तिहार तथा छठ पर्वका लागि सरकारले चिनीको आयात सहज बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिइने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि उक्त कार्यालयले चिनी उत्पादक उद्योगसँग समन्वय गर्दै तीन हजार मेट्रिकटन चिनी साल्टट्रेडिङ मार्फत किन्ने प्रबन्ध गरेको थियो । यसका साथै अवैधरुपमा भित्रिएको...

  • २०८० कार्तिक १४, मंगलबार

    डिजेल र मट्टीतेलको मूल्य घट्यो

    काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य  बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागु हुने उनले बताए । निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको छ,’ ठाकुरले भने...

  • २०८० कार्तिक ७, मंगलबार

    प्याराग्लाइडिङपछि परराष्ट्रमन्त्रीले भने - पर्यटन व्यवसायले गति लिन्छ

    कास्की— परराष्ट्रमन्त्री एनपी साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताएका छन् । पोखराको तोरीपानीबाट फेवाताल किनारमा सोमबार प्याराग्लाइडिङ गरेपछि उनले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति लिने विश्वास व्यक्त गरे । प्याराग्लाइडिङ पोखराको महत्त्वपूर्ण पर्यटकीय गतिविधि भएको उल्लेख गर्दै मन्त्री साउदले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको...

  • २०८० कार्तिक ७, मंगलबार

    सरकारले घटायो खसी-बोका र च्याङ्ग्राको मूल्य

      काठमाडौँ - सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ । कम्पनीले जिउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो थप रु १० देखि २५ सम्म छुट दिएको हो । कम्पनीले आजदेखि जिउँदो खसीबोका प्रतिकिलो रु ६५० तथा च्याङ्ग्रा प्रतिकिलो रु १ हजार २२५ मा बिक्री गर्न थालेको छ । खाद्यले यसअघि जिउँदो खसीबोका प्रतिकिलो रु १०...

  • २०८० कार्तिक ३, शुक्रबार

    दसैँमा पनि आयल निगमका डिपोहरू खुला रहने

    काठमाडौं- दसैँको सार्वजनिक बिदाका दिनहरूमा पनि आयल निगमका बिक्री केन्द्र (डिपो)हरू खुला रहने भएका छन् । नेपाल आयल निगमका अनुसार कात्तिक ४ गते अर्थात् फूलपातीका दिनदेखि कात्तिक ९ गतेसम्म (कोजाग्रत पूर्णिमा) का दिन सम्मै बिक्री केन्द्रहरू खुला रहने भएका हुन् । तथापि, व्यवस्थापन अनुकूल केन्द्रदेखि प्रादेशिक कार्यालयहरूलाई दिन अनुसार खुला राख्ने तालिका तयार गरिएको निगमले जनाएको छ । जसअनुसार कोशी...

  • २०८० कार्तिक ३, शुक्रबार

    च्याङ्ग्राको मूल्य अकाशियो

    गलकोट - पचास हजार पर्ने मुस्ताङ्गी च्याङ्ग्रा जो कसैको क्षमताभित्र रहँदैन । बडादसैँमा मीठो मसिनो खाने चलन भए पनि प्रतिकेजी रू दुई हजार पाँच सय केजीमा पाइने च्याङ्ग्राको मासु सबैको भान्सामा नपाक्न सक्छ । यस पटक हिमालपारिको जिल्ला मुस्ताङबाट थोरै मात्रामा भेडाच्याङ्ग्रा निर्यात भएको छ । माग उच्च भएपछि भाउ बढेकाले थोरै मात्र भेडाच्याङ्ग्रा निर्यात भएको हो । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले...

  • २०८० कार्तिक ३, शुक्रबार

    बजारमा चिनी अभाव : दुई किलो चिनी किन्न लाइन

    काठमाडौँ - बजारमा चिनी अभाव भएपछि काठमाडौंको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरु दुई किलो चिनी किन्नका लागि लाइन बस्न आएका छन् । नेपालीको मुख्य चाड दशैं, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई सरकारले काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आएका छन् । दशैँ, तिहार र छठमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्ने समयमा सरकारले दायित्व निभाउन...

  • २०८० आश्विन २९, सोमबार

    पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो

    काठमाडौं- नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

  • २०८० आश्विन २२, सोमबार

    दशैँको अग्रिम टिकट खुलेसँगै बसपार्कमा भीड

    काठमाडौँ - दशैँमा घर जाने यात्रुका लागि आज (सोमवार) देखि अग्रिम टिकट बुकिङ खुलेको छ । टिकट बुकिङ खुलेसँगै बसपार्कमा टिकट काट्ने यात्रुहरुको भीड लागेको छ । सोमवार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ शुरु भएको हो । काठमाडौंसहित देशका विभिन्न ठाउँमा लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । तर यात्रुहरुले भने गत वर्षको तुलनामा अलि व्यवस्थित भए पनि अनलाइन टिकटमा सरकारको कमजोरी देखिएको...

  • २०८० आश्विन १९, शुक्रबार

    ललितपुर उद्याेग वाणिज्य संघको अध्यक्षमा तिब्र प्रतिस्पर्धा

    ललितपुर उद्योग वाणिज्य संघको ४४ औं साधारणसभा र त्यसपछिको निर्वाचनमा अध्यक्षका लागि तीन जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसले गर्दा ललितपुरका उद्योगी, व्यवसायीहरुलाई यतिबेला साधारणसभा र चुनावी चटारोले समातेको छ ।  ४३ औं साधारणसभामा एउटै प्यानलबाट चुनाव जितेका संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य र महासचिव रुपकमान दुई फरक फरक प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । ठिक यही समयमा...

  • २०८० आश्विन १४, आइतबार

    स्लाइसमा अखाद्य वस्तु भेटिएपछि कम्पनीलाई २ लाख जरिवाना

    काठमाडौं- स्लाइस उत्पादन कम्पनी बरुण वेभरेजलाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ । सो कम्पनीले उत्पादन गरेको स्लाइसमा अखाद्य वस्तु भेटिएपछि जरिवाना तिराइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । बजार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका–३२ स्थित कालिमाटीमा सञ्चालित एक पसलमा बेच्न राखिएको स्लाइसमा अखाद्य वस्तु भेटिएको महानगरले जनाएको छ । ‘हामीले पछिल्लो समय नियमित अनुगमन गरिरहेका...

  • २०८० आश्विन १४, आइतबार

    पेट्रोलियम पदार्थमा बढेको मुल्य फिर्ता

    काठमाडौ - नेपाल आयल निगमले आजदेखि लागु हुने गरि वृद्धि गराएको खाना पकाउने ग्याससहित इन्धनको बढाएको मुल्य फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदकोप बैठकलाई सम्बोधन गर्दै निगमले बढेको मुल्य फिर्ता गर्ने निर्णय गरिसकेको जानकारी गराएका हुन् । निगमले आइतबारदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र हवाइ इन्धनको मुल्य बढाएको थियो । निगमले पेट्रोल लिटरमा...

Pages