STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माछापुच्छ्रे बैंकको लाभांश घोषणा

Janjati Khabar | २०८० भाद्र १३, बुधबार

काठमाडौँ, माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट शेयरधनीलाई नगद र बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १४ प्रतिशत ९१३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत० बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
उक्त बैंकको प्रस्तावअनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको  र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने पहिलो बैंक  माछापुच्छ्रे बनेको छ । बैंकले प्राथमिक पूँजीकोष पु¥याउन नसक्दा आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट गत आर्थिक वर्षमा शेयरधनीलाई लाभांश वितरण गर्न पाएको थिएन । दुई आर्थिक वर्षको मुनाफाबाट बैंकले यसपटक १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Categorized in बिजनेस