STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पेट्रोलियम पदार्थमा बढेको मुल्य फिर्ता

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन १४, आइतबार

काठमाडौ - नेपाल आयल निगमले आजदेखि लागु हुने गरि वृद्धि गराएको खाना पकाउने ग्याससहित इन्धनको बढाएको मुल्य फिर्ता लिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदकोप बैठकलाई सम्बोधन गर्दै निगमले बढेको मुल्य फिर्ता गर्ने निर्णय गरिसकेको जानकारी गराएका हुन् ।

निगमले आइतबारदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र हवाइ इन्धनको मुल्य बढाएको थियो ।

निगमले पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६/६ रूपैयाँ बढाएको थियो भनेर खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २१५ रूपैयाँ बढाएको थियो ।

त्यस्तै हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा ८ रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ६० डलर (प्रतिलिटर करिब ८ रूपैयाँ) बढाएको थियो ।

Categorized in बिजनेस