बिजनेस
-
२०८१ माघ ३, बिहिबार
पेट्रोल, डिजेल र मटीतेलको भाउ बढ्यो
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मटीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ। मूल्य वृद्धिसँगै १६० रुपैयाँ ५० पैसा प्रति लिटर (पहिलो वर्ग) पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्ग अन्तर्गत १६२ रुपैयाँ पर्ने प्रतिलिटर पेट्रोलको मूल्य १६४ रुपैयाँ पर्नेछ भने तेस्रो वर्ग अनुसार १६३ रुपैयाँ पर्ने...
-
२०८१ पौष २८, आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ । केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो । राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय...
-
२०८१ पौष १, सोमबार
पद्म ज्योति ग्रुपको सुरुवातसँगै ज्योति समूह विभाजित
काठमाडौं - नेपालको उद्यम क्षेत्रमा लामो इतिहास बोकेको ज्योति ग्रुपको विरासत चौथो पुस्तासम्म आइपुग्दा विभाजित भएको छ । ज्योति ग्रुपको स्थापना सन् १९४० मा भएको थियो । तर यसको जरा सन् १९२० मा स्वर्गीय भाजुरत्न कंसाकारले सुरू गरेको व्यापार कम्पनी स्यामुकापुमा आधारित छ । त्यतिबेला नेपाल र तिब्बतबीच व्यापार गर्न सन् १९२० मा उनले स्यामुकापु कम्पनीको स्थापना गरेका थिए । उनका छोरा स्वर्गीय मणिहर्ष...
-
२०८१ मङ्सिर ३०, आइतबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक...
-
२०८१ मङ्सिर २६, बुधबार
आय विवरण बुझाउने म्याद पुस मसान्तसम्म थपियो
काठमाडौं- आन्तरिक राजस्व विभागले आय विवरण बुझाउन सक्ने म्याद थप गरी पुस मसान्तसम्म पुर्याएको छ। यसअघि विभागले आय विवरण बुझाउने मिति थप नगर्ने गरी सूचना जारी गरेको थियो। सो निर्णयको विरुद्धमा परेको रिटमा पाटन उच्च अदालतले सोमबार अन्तरकालीन अन्तरिम आदेश दिएको थियो। विभागले भने विभिन्न व्यावसायिक/व्यापारिक छाता संगठन र करदाताबाट समेत आय विवरण पेस गर्ने म्याद पुस मसान्तसम्म कायम गरिदिन भन्दै अनुरोध...
-
२०८१ मङ्सिर १८, मंगलबार
इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो
काठमाडौं - इन्धनको मूल्य बढेसँगै आन्तरिक हवाई भाडासमेत वृद्धि भएको छ । नेपाल आयल निगमले १५ गते हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भाडा बढाउने निर्णय गरेको हो । बढेको भाडा भोलि, १९ गतेदेखि लागू हुनेछ । यसअनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६५ रुपैयाँ बढेको छ । काठमाडौं –सिमरा १५ रुपैयाँले वृद्धि भएको छ भने काठमाडौँ धनगढी ९०...
-
२०८१ मङ्सिर १६, आइतबार
बढ्यो पेट्रोलको भाउ
काठमाडौं- सरकारले पेट्रोलको भाउ बढाएको छ। नेपाल आयल निगमका अनुसार आइतबार बिहान १२ बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ बढेको हो। भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर...
-
२०८१ मङ्सिर १३, बिहिबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
धरान (सुनसरी), बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक रु १५ लाख आर्जन गर्दै आउनुभएको छ । विगत २० वर्षदेखि थाङ्का बनाउँदै आउनुभएका उहाँले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग...
-
२०८१ मङ्सिर ९, आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
इनरुवा (सुनसरी), देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । नेपालमा...
-
२०८१ मङ्सिर ४, मंगलबार
कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार
काठमाडौँ, कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । गत असोजमा एक लाख आठ सय ४८ कारोबार भएको थियो । घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकमा ३३ हजार पाँच सय १४ वटा लिखत पास भएका छन् । यस्तै, नामसारीतर्फ तीन हजार तीन सय ६२, हालसाविक दुई...
-
२०८१ कार्तिक १६, शुक्रबार
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल यथावत
काठमाडौँ -डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो । यस अनुसार काठमाडौँ, पोखरा र दिपायलमा यी दुई पदार्थको मूल्य १५० रुपैयाँ कायम भएको छ । त्यस्तै, सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ कायम भएको छ । यसपटक निगमले पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरेन । निगमले हरेक १५ तारिख र महिनाको...


