STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०८० माघ १, सोमबार

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

    काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।  निगमले मंगलबार बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले घटाएको हो। सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल १.२६ रुपैयाँ र डिजेल ०.८३ रुपैयाँ प्रतिलिटर घटेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

  • २०८० पौष ६, शुक्रबार

    डेडिकेटेड लाइनको बक्यौता नतिरेका चार उद्योगको बिजुली काटियो

    काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले चार ठूला उद्योगको लाइन काटेको छ । डेडिकेटेड लाइनको बक्यौता नतिरेका उद्योगहरूमध्ये ठूलो बक्यौता रहेका चार वटा उद्योगको लाइन शुक्रबार कटौती गरिएको प्राधिकरणले स्रोतले जनाएको छ । जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार डेडिकेटेड लाइनको जगदम्बाले मात्र ४ अर्ब १४ करोड तिर्न...

  • २०८० पौष ४, बुधबार

    वर्ल्डलिंकले दियो इन्टरनेट सेवा ठप्प पार्ने चेतावनी

    काठमाडौं- इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले कर नतिर्ने धम्की दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्रमार्फत चेतावनी दिएको पाइएको छ । वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवले गत मंसिर १८ गते प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै विदेशबाट ब्याण्डविथ ल्याएबापतको रकम भुक्तानी गर्न विदेशी मुद्रा सटही अनुमति नपाए सेना प्रहरीलगायत सबै सरकारी निकाय र ८ लाखभन्दा बढी ग्राहकको इन्टरनेट सेवा ठप्प...

  • २०८० पौष ३, मंगलबार

    तीन वर्षमा नेपाल एअरलाइन्सको आम्दानी १४४ प्रतिशतले वृद्धि

    काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले तीन वर्षमा आफ्नो आम्दानी दोब्बरभन्दा बढीले वृद्धि भएको बताएको छ । मंगलबार एक विज्ञप्तिमार्फत निगमले बितेका तीन वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको बताएको छ । निगमका अनुसार महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार निगमको कुल आम्दानी आव २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ रहेको थियो भने आव २०७८/७९ मा १६ अर्ब ४६...

  • २०८० मङ्सिर २२, शुक्रबार

    आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

    काठमाडौँ, आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर ९भ्याट० नलाग्ने स्पष्ट पारेको छ । विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त छुट सुविधा कटौती गरेको थियो । सरकारले आयातित आलु, प्याजमा मात्रै भ्याट छुट खारेज गरेको बताए पनि आन्तरिक उत्पादनमासमेत भ्याट लाग्न थालेको भन्दै कालीमाटी फलफूल तथा तरकारी...

  • २०८० मङ्सिर १७, आइतबार

    एनसेलको शेयर बिक्रीमा करछली भएको सांसद सिंहको दाबी

    काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको टेलिकम कम्पनी एनसेल गलत मनसाय राखेर खरिदबिक्री भएको दाबी गरेका छन् । काठमाडौंमा आइतबार पत्रकार  सम्मेलन गर्दै उनले गलत मनसायका साथ ६ अर्बमा एनसेलको खरिदबिक्री भएको दाबी गरेका हुन् । साथै, एनसेल खरिदबिक्री यूकेमा गरेर नेपालमा तिर्नुपर्ने पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) छली गरिएको आरोप उनले लगाए ।...

  • २०८० मङ्सिर १४, बिहिबार

    घट्यो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा दुई रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएको हो। घटेको मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ। एलपी ग्यासमा भने साविककै मूल्य कायम राखिएको छ। सञ्चालक समितिको बिहीबार बसेको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न...

  • २०८० मङ्सिर १३, बुधबार

    एनसेलबाट एक्जियटा बाहिरिने

    काठमाडौं- दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट एक्जियटा ग्रुप बाहिरिने भएको छ । एक्जिएटा ग्रुपको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको हो । एनसेलमा एक्जियटा ग्रुपको ८० प्रतिशत शेयर रहेको छ। एक्जियटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको जानकारी दिए । उनले नेपालमा रहेको ग्रुपको ८० शेयर बिक्रीको लागि राखिएको बताएका छन् । ‘...

  • २०८० मङ्सिर ८, शुक्रबार

    यस वर्ष तिहारमा २४ करोडको फूलमाला कारोबार

    काठमाडौं - यस वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडकोयस वर्ष तिहारमा २४ करोडको फूलमाला कारोबार कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो । यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।...

  • २०८० कार्तिक २४, शुक्रबार

    राष्ट्र बैंकको प्रतिवेदन : विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्स बढ्यो

    काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आवको असोज मसान्तम्म विदेशी मुद्राको सञ्चिति बढेर १६ खर्ब ४३ अर्ब नौ करोड पुगेको छ । गत आवको असार मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर थियो । अमेरिकी डलरमा विदेशी मुद्राको सो सञ्चिति ११ अर्ब ७१ करोड रहेकोमा २०८० असोज मसान्तमा १२ अर्ब ३३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र...

  • २०८० कार्तिक २२, बुधबार

    पोखराको लेकसाइड २४सै घण्टा खोल्न अदालतको आदेश

    कास्की— पोखराको पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खुला गर्न अदालतले आदेश दिएको छ। देवीकुमारी बरालको रिट निवेदनमा उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले उक्त आदेश गरेको हो । बरालले २४ घण्टा नै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखी जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामलाई विपक्षी बनाएर मुद्दा दायर...

  • २०८० कार्तिक २०, सोमबार

    साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने

    काठमाडौँ - तिहार तथा छठ पर्वका लागि सरकारले चिनीको आयात सहज बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिइने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि उक्त कार्यालयले चिनी उत्पादक उद्योगसँग समन्वय गर्दै तीन हजार मेट्रिकटन चिनी साल्टट्रेडिङ मार्फत किन्ने प्रबन्ध गरेको थियो । यसका साथै अवैधरुपमा भित्रिएको...

Pages