STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ग्यासको कमिसन बढाउने सहमति, आन्दोलन फिर्ता

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण २१, बुधबार

काठमाडौं - खाना पकाउने ग्यासको कमिसन बढ्ने भएको छ । सरकार र नेपाल एलपी ग्यास उद्योगबीच ग्यासको कमिसन रकम १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको हो ।   

कमिसन बढाउने सहमति भए पनि तत्काल उपभोक्ता मूल्य भने नबढ्ने नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार विगत ६ वर्षदेखि कमिसन वृद्धि नभएपछि बिक्रेताले पीडीओ उठाउन मानेका थिएनन् । 

सरकारले खाना पकाउने एलपी ग्यासमा सहुलियत दिइरहेको छ । जसअनुसार सरकारलाई प्रतिसिलिन्डर ३३० रुपैयाँ घाटा छ । संघको कमिसन थपिँदा उक्त घाटा ३४२ रुपैयाँ ७५ रुपैयाँ पुग्ने उनको भनाइ छ । 

संघले आन्दोलन सुरु गरेपछि सरकारसँग मंगलबार सहमति भएको ठाकुरले जानकारी दिए । सहमतिपछि एलपी ग्यास उद्योग संघले आन्दोलन फिर्ता लिएको छ ।

Categorized in बिजनेस