STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०८० भाद्र ६, बुधबार

    बजारमा प्याज अभाव : कालोबजारी गर्ने १७ जना कारबाहीमा

    काठमाडौं - भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौँको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् । कालीमाटी बजारमा दैनिक एक सय मेट्रिकटनसम्म प्याज आउने गरेकामा सोमबार र मङ्गलबार कत्ति पनि प्याज नआएको सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । ‘दैनिक औसत ९० देखि सय मेट्रिनटनसम्म प्याज आउनेगरेकामा दुई...

  • २०८० भाद्र १, शुक्रबार

    ब्याजदर बढाएपछि तीन सरकारी बैंकका अध्यक्ष र सीईओसँग स्पष्टीकरण

    काठमाडौँ - अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन वटा सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अध्यक्षलाई स्पष्टीकरण सोधेका छन् । मन्त्री महतले अर्थ मन्त्रालयमै बोलाएर ब्याजदर बढाउनुको कारण सोधेका हुन् । कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङ, अध्यक्ष रामशरण पुडासैनी, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ र अध्यक्ष बलराम पाठक, नेपाल बैंकका कृष्णबहादुर अधिकारी र अध्यक्ष ज्ञानप्रसाद...

  • २०८० भाद्र १, शुक्रबार

    विद्युतीय स्कुटर खरिद गर्दा सहुलयित कर्जा पाइने

    काठमाडौँ - पछिल्लो समय सहरी क्षेत्रका उपभोक्ता विद्युतीय स्कुटरप्रति थप आकर्षित हुन थालेका छन् । विद्युतीय स्कुटरमा जडान भएका उच्च क्षमताका ‘मोटर पावर’ले उकालोमा समेत सहज यात्रा, रेञ्ज (गति) उच्च, गुणस्तरीय एवं विश्वासनीय उत्पादक कम्पनीका स्कुटर तथा बैंकिङ क्षेत्रले लगानी गर्न थालेसँगै विद्युतीय विशेष गरी युवापुस्ता लागि यस्ता स्कुटर रोजाइमा पर्न थालेको हो । पेट्रोलियम पदार्थबाट चल्ने सवारी...

  • २०८० भाद्र १, शुक्रबार

    नेपालको बिजुली बंगलादेशमा बिक्रीका लागि सहमति

    काठमाडौं - नेपालको बिजुली बंगलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अथ्र्याएको छ । नेपाल, भारत र बंगलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बंगलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ । हाललाई ४० मेगावाट धेरै नभए पनि...

  • २०८० श्रावण ३२, बिहिबार

    श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ

      काठमाडौं - श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ। बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयद्वारा जारी सूचनाअनुसार चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो। मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्‍याएको सूचनामा उल्लेख छ । वृद्धि भएको पारिश्रमिक सूची हेर्दा आधारभूत पारिश्रमिक १०...

  • २०८० श्रावण ३२, बिहिबार

    विद्युतीय स्कुटर ‘एनआइयू ( न्यू) खरिद गर्दा सहुलयित कर्जा पाइने

    पछिल्लो समय सहरी क्षेत्रका उपभोक्ता विद्युतीय स्कुटरप्रति थप आकर्षित हुन थालेका छन् । विद्युतीय स्कुटरमा जडान भएका उच्च क्षमताका ‘मोटर पावर’ले उकालोमा समेत सहज यात्रा, रेञ्ज ९गति० उच्च, गुणस्तरीय एवं विश्वासनीय उत्पादक कम्पनीका स्कुटर तथा बैंकिङ क्षेत्रले लगानी गर्न थालेसँगै विद्युतीय विशेष गरी युवापुस्ता लागि यस्ता स्कुटर रोजाइमा पर्न थालेको हो । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई कम गर्दै...

  • २०८० श्रावण ३०, मंगलबार

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि, प्रतिलिटर पेट्रोलमा ५ र डिजेलमा १४ रुपैयाँ वृद्धि

    काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले वृद्धि गरेको हो। भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएपछि निगमले नेपाली बजारमा पनि तेलको मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य सूचीअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको प्रतिलिटर १७८ रुपैयाँ पर्नेछ र भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ...

  • २०८० श्रावण २२, सोमबार

    चितवनमा सुजुकी जिम्नी र फ्रोन्क्स गाडि सार्वजनिक

    नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभी गाडीहरु सुजुकी जिम्नी र फ्रोन्क्स चितवनमा सार्वजनिक भएको छ । उक्त दुई एसयूभीको टेस्ट ड्राइभ पनि अब ग्राहकले शोरुमबाट गर्न सकिने चितवनका लागि आधिकारिक विक्रेता साध्वी इन्टरनेशनल प्रा.लिले जनाएको छ । नेपालका लागि सुजुकी ब्राण्ड चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोक्रप तथा सिजी जक्स्टजेनले...

  • २०८० श्रावण १६, मंगलबार

    पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढ्यो, ग्यासको मूल्य घट्यो

    काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढाएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ मूल्य बढाएको हो । बैठकले एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । आज राति १२ बजेदेखि निर्धारण भएको नयाँ मूल्य लागू हुने जारी सूचनामा उल्लेख छ । अब पेट्रोलको मूल्य...

  • २०८० श्रावण ९, मंगलबार

    भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा सुरु गरिने

    भदौदेखि देशभरका सबै यातायात कार्यालयको  सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ ।  यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू गरिने निर्णय गरेको हो । चालक अनुमतिपत्रसम्बन्धी सेवालाई प्रविधिमैत्री बनाउन र यातायात कार्यालयहरुमा देखिने भीड हटाउन आगामी भदौ महिनादेखि सबै यातायात...

  • २०८० श्रावण ७, आइतबार

    मौद्रिक नीति सार्वजनिक, बैंकदर यथावत, नीतिगत दरमा सामान्य लचकता

    काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमा बैंकदर यथावत नै रहेको छ भने, नीतिगत दरमा सामान्य लचकता रहेको छ । ७ प्रतिशत रहँदै आएको नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरिएको छ । हालको बैंकदर ७.५ प्रतिशतको सीमालाई भने यथावत राखिएको छ । निक्षेप संकलन दर ५.५ बाट ४.५ प्रतिशत कायम गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को...

  • २०८० आषाढ २१, बिहिबार

    बजारमा नेपाली आँपकै एकछत्र राज

    फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ । फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप बिक्री भइरहेको छ । अहिलेसम्म आँप राम्रो रहेको र अब विस्तारै उत्पादन सकिँदै गएकाले महँगाईमा उकालो लाग्न थालेको छ । नेपाल फलफूल थोक व्यवसायी सङ्घ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार यसपालि सिजनको मुख्य समयमा ४० देखि ५० प्रतिकिलोसम्म थोक मूल्यमा आँप...

Pages