STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०८१ भाद्र ९, आइतबार

    माग बढेसँगै अण्डाको मूल्य बढाइयो

    चितवन - भदौ लागेपछि चितवनमा अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।  दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताए । उनका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले...

  • २०८१ भाद्र ५, बुधबार

    सुनको मूल्यमा नयाँ कीर्तिमान

      काठमाडौँ, स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ । मङ्गलबार प्रतितोला रु एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज रु आठ सयले वृद्धि भई नयाँ रेकर्ड कायम...

  • २०८१ श्रावण ३२, शुक्रबार

    सुनको मूल्य तोलामा नौ सयले घट्यो

      काठमाडौँ,स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु नौ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४९ हजार छ सय निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय ६०...

  • २०८१ श्रावण ३२, शुक्रबार

    पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलमा ५ र डिजेलमा ३ रुपैयाँ घट्यो

    काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाएको हो । निगमका काठमाडौं उपत्यकामा अब पेट्रोल प्रतिलिटर १ सय ६५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १ सय ५५ रुपैयाँका दरले कारोबार गर्न पाइनेछ ।

  • २०८१ श्रावण २८, सोमबार

    एनसेलको नेटवर्कमा समस्या

    काठमाडौं - निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा समस्या देखिएको छ । सोमबार दिउँसो ३:४८ बजेदेखि समस्या देखिएको कम्पनीले जनाएको छ । अहिले एनसेलबाट फोन लाग्न र एसएमएमा समस्या देखिएको छ । कम्पनीले यसबारे जानकारी दिँदै तत्काल समाधानका लागि काम गरिरहेको बताएको छ । एनसेलले नेटवर्कमा समस्या आएको जानकारी दिँदै भनेको छ , “आज सोमबार, साउन २८ गते दिउँसो ३ः४८ बजेबाट यस कम्पनीले प्रवाह...

  • २०८१ श्रावण २१, सोमबार

    हुम्लाका युवायुवती काम गर्न चीनको ताक्लाकोटमा

    सिमकोट ९हुम्ला०, २१ साउनः जिल्लामा बेरोजगारी समस्या भएपछि छिमेकी चीनको ताक्लाकोटमा काम गर्न गएका युवायुवतीले दैनिक रु पाँच हजारसम्म कमाउने गरेका छन् । छ महिनाका लागि हुम्लाका बेरोजगारहरूले रोजगारीसमेत पाउने भएकाले जिल्लाका युवा÷युवती ताक्लाकोट गएर काम गर्न आकर्षित हुँदै आएका छन् ।हाल चीनको पुराङ काउण्टीको ताक्लाकोटमा कामका लागि गएका सिमकोट गाउँपालिका–२ का सन्दीप भण्डारीले जिल्लाका युवायुवतीको...

  • २०८१ श्रावण २१, सोमबार

    सुनको मूल्य तोलाको एक लाख ५० हजार

    सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु तीन सयले वृद्धि भएको हो । यस्तै तेजाबी सुनको...

  • २०८१ श्रावण १०, बिहिबार

    तोलामा दुई हजार चार सयले घट्यो सुनको मूल्य

    स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार चार सयले घटेको छ ।बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ ।यस्तै, बुधबार प्रतितोला रु एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय पाँचमा...

  • २०८१ श्रावण ८, मंगलबार

    एक वर्षमा २३ अर्ब ६५ करोड ३९ लाख बराबरको सुन आयात

    काठमाडौं - गत आर्थिक वर्ष २०८०/८१ मा २३ अर्ब ६५ करोड ३९ लाख बराबरको सुन आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालले एक वर्षमा सो मूल्य बराबरको सुन आयात गरेको हो। गत आवमा नेपालले सबैभन्दा धेरै  १० अर्ब ५७ करोड २४ लाख बराबरको कार्पेट र  सात अर्ब ९३ करोड ८१ लाख बराबरको अलैँची निर्यात गरेको छ । गत आवमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । ...

  • २०८१ श्रावण १, मंगलबार

    बढ्यो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौं - नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजलेको मूल्य प्रतिलिटर तीन  रुपैयाँले बढाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट सोमबार पेट्रोलको मूल्य प्रतिलिटर ४.४८ र डिजेलको मूल्य प्रतिलिटर २.८३ रुपैयाँले बढेर आएको छ । मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर,...

  • २०८१ आषाढ २६, बुधबार

    प्रभु बैँक लि.र होटल हिमालय बिच विशेष छुट सम्झौता

    प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटल हिमालय सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालय को तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखक द्वारा हस्ताक्षर गरियो । सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले...

  • २०८१ आषाढ १८, मंगलबार

    बढ्यो नुनको मूल्य

     काठमाडौं - साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको मूल्य बढाएको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको मूल्य बढाउने निर्णय गरेको हो। निर्धारण गरिएको थोक बिक्री मूल्य अनुसार आयो नुन प्रतिकिलो २३ रुपैयाँ र न्यू शक्ति नुन प्रतिकिलो १७ रुपैयाँ कायम गरिएको छ।  उपभोक्ताका लागि आयो नुन प्रति किलो २६ रुपैयाँ, न्यू शक्ति नुन प्रतिकिलो २० रुपैयाँ र भानु नुन ९ रुपैयाँ कायम गरिएको छ। यसअघि आयो नुनको...

Pages