STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तेस्रो लगानी सम्मेलन : नेपालमा खुला लगानीको वातावरण

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १७, सोमबार

काठमाडौँ - तेस्रो लगानी सम्मेलन शुरु भएसँगै स्वदेशी उद्यमी व्यवसायीहरुले सम्मेलनमा भएको सहभागिताले नेपालमा लगानीको वातावरण खुला भएको महशुस भएको प्रतिक्रिया दिएका छन् । 

सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन आइतबारदेखि काठमाडौंमा शुरु भएको छ । विदेशी तथा स्वदेशी लगानी भित्र्याउने उदेश्यले शुरु भएको लगानी सम्मेलन शुरु भएसँगै नेपाली उद्योगी व्यवसायीहरुले सरकारले नीतिगत सुधार गरी नीतिगत स्थिरता कायम गरे लगानीको गन्तव्य बन्नसक्ने अवस्था देखिएको बताए ।

स्वदेशी उद्यमी व्यवसायीहरुले सरकारले स्वदेशी तथा विदेशी लगानीको लागि आवश्यक नीतिगत सुधारहरु गर्न अझै धेरै आवश्यक रहेको बताए । उनीहरुले लगानी सम्मेलनमा लगानीकर्ताहरुको उपस्थिति उत्साहजन भएको भन्दै राम्रो लगानी प्रतिवद्धता आउने अपेक्षा गरे । 

उनीहरुले सरकारले राष्ट्रिय पुँजी निर्माण र विदेशी लगानीको वातावरण बनाउने लगानीमैत्री स्थिर कानून बनाउन आवश्यकता देखिएको बताए । उनीहरुले अध्यादेशमार्फत नौ वटा कानूनमा संशोधन गरी कानूनी सुधारमा सरकारले प्रतिवद्धता जनाए पनि अझै धेरै नीतिगत अफ्ठ्याराहरु रहेको बताए ।

व्यवसायीहरुले विगतका लगानी सम्मेलन जस्तो प्रतिवद्धता मात्रै जनाउने तर राज्यले चासो नदिने गरेको भन्दै सम्मेलन सकिएसँगै प्रतिवद्धता भए अनुसार कार्यान्वयनको लागि तदारुकता देखाउन जरुरी रहेको बताए । 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनमाको शुरुवातको दिन हेर्दा नेपालमा लगानीको वातावरण देखिएको बतारुए । उनले अब नेपालमा लगानी गर्ने वातावरण बन्ने अवस्था देखिएको प्रतिक्रिया दिए । 

उनले लगानी सम्मेलमा प्रधानमन्त्रीदेखि विदेशी लगानीकर्ताहरु सबैले जलविद्युतको बारेमा चर्चा गरेकाले जलविद्युतमा लगानीमैत्री वातावरण बन्ने विश्वास बढेको बताए । उनले जलविद्युतमा सरकारले लगानीमैत्री वातावरण बनाउने र लगानीमैत्री नीतिहरु बनाउन सके ह जलविद्युतमा लगानी आउने वातावरण देखिएको बताए । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले नेपालमा विदेशी भन्दा पनि गैरआवासीय नेपालीहरुको लगानी धेरै रहेको बताए । उनले सरकारको नीतिगत समस्याको कारण लगानी सम्मेलनमा गैरआवासीय नेपालीहरुको भुमिका कम पाएको बताए । 

उनले धेरै क्षेत्रमा लगानी गरेका गैरआवासीय नेपालीहरुलाई अझ अन्य क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न जरुरी रहेको बताए । उनले विदेशी लगानीकर्तालाई आकर्षण गराएर यो सम्मेलनले मुलुकमा लगानीको वातावरण खुला छ भन्ने वातावरण बनाउन सक्नुपर्ने बताए । 

उनले विकसित देशहरुका लगानीकर्ताहरुलाई लगानीको लागि प्योकजमा सहुलियतहरु दिएर ठूला लगानीकर्ताहरु ल्याउने वातावरण सरकारले गर्न जरुरी रहेको बताए । उनले अफ्रिकाका मुलुकहरुबाट सिकेर अझै लगानीको लागि विदेशी लगानीकर्ताहरुलाई बोलाउन सक्नुपर्ने उल्लेख गरे । उनले लगानीलाई सुरक्षित गर्न सरकारले बलियो कानून निर्माण गर्नुसक्नुपर्ने पनि उल्लेख गरे । 

नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले लगानी सम्मेलनले आगामी दिनमा मुलुकमा राम्रो लगानीको सम्भावना आउने अवस्था देखिएको बताए । उनले लगानी आउने वातावरणको लागि सरकारले आझै पनि कानूनी तथा नीतिगत सुधार गर्न आवश्यक रहेको बताए । 

लगानी सम्मेलनलाई लगानी सम्मेलनको रुपमा मात्रै नभएर लगानी भित्र्याउने माध्यमको रुपमा राज्यले लिन आवश्यक रहेको बताए । उनले नेपाल सरकार र नेपाली उद्योगीहरुले लगानी गर्न नसक्ने क्षेत्रमा विदेशी लगानी ल्याउनु आवश्यक रहेको बताए । उनले सरकारको वैदेशिक लगानीको नीति अनुसार लगानी आउने वातावरण नभएको भन्दै नीतिलाई सुधार गरेर सहज बनाउन आवश्यक रहेको बताए । 

व्यवसायीहरुले मुलुकमा लगानी भित्र्याउनको लागि ८ वटा कानून संशोधन गरेर मात्रै नपुग्ने भन्दै अझै अन्य कानूनहरु परिमार्जन गर्न जरुरी रहेको जनाएका छन् । उनीहरुले राजनीतिक दल र सरकारले विदेशी लगानी र स्वदेशी पुँजी निर्माणको लागि दीर्घकालिन कानून बनाउनु पर्नेमा जोड दिए । 

उनीहरुले तत्कालको लागि अध्यादेश ल्याएर मात्रै स्वदेशी र विदेशीहरुले लगानीको सुरक्षित वातावरण महशुस गर्ने भन्दै सरकार परिवर्तन भएपनि लगानी सुरक्षाको लागि स्थायी कानून छ भन्ने सन्देश दिनुपर्ने बताए । सरकारले एकद्वार प्रणालीमा सर्भिस दिने वातावरण उद्यमीहरुलाई दिए मात्रै नेपाली र विदेशी लगानीकर्ता उत्साहित भएर लगानी गर्ने जनाए ।

Categorized in बिजनेस