STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

लयमा फर्किँदै अर्थतन्त्र

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २७, बुधबार

काठमाडौं - देशको अर्थतन्त्र लयमा फर्किएको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति तथ्यांकले देशको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढिरहेको देखिएको हो । तथ्यांकअनुसार अधिकांश वित्तीय सूचकहरु सकारात्मक छन् । 

चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्मको तथ्यांकअनुसार देशमा महँगी पनि घट्दै गइरहेको देखिन्छ भने विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स तथा आयात निर्यातको बढ्दो ग्राफले पनि देशको अर्थतन्त्र चलायमान भएको बुझ्न सकिन्छ ।  

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । यसैगरी, आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको छ ।

यसैगरी, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.४ प्रतिशतले र अमेरिकी डलरमा ६.९ प्रतिशतल ेबढेको छ । शोधनान्तर स्थिति ३१० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड पुगेको छ । नेपाल सरकारको खर्च ८३९ अर्ब ३६ करोड रुपैयाँ र राजस्व परिचालन ७२० अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत, तराईको ३.७७ प्रतिशत, पहाडको ३.७२ प्रतिशत र हिमालको ४.७७ प्रतिशत रहेको छ ।

Categorized in बिजनेस