STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कर्मचारीको महँगी भत्ता ५ हजार पुर्‍याउन अर्थ मन्त्रालयको निर्देशन

Janjati Khabar – Janjati Khabar | २०८२ श्रावण १, बिहिबार

काठमाडौं - नयाँ आर्थिक वर्षको पहिलो दिन बिहीबारदेखि कर्मचारीको महँगी भत्ता मासिक ५ हजार पुगेको छ । 

अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई परिपत्र गर्दै बजेटको व्यवस्था अनुसार कर्मचारीको महँगी भत्ता पाँच हजार पुर्‍याउन निर्देशन दिएको हो । 

‘आर्थिक वर्ष २०८२\८३ को बजेट वक्तव्यको बुँदा नं. ३४९ बमोजिम सबै राष्ट्रसेवकहरूका लागि साउन १ गते देखि लागू हुने गरी महँगी भत्ता बापत मासिक पाँच हजार रुपैयाँ भुक्तानी गर्ने व्यवस्था मिलाउनु हुनेछ ’ मार्गदर्शनको बुँदा नम्बर ६८ मा भनिएको छ ।

चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब वृद्धिको सट्टा महँगी भत्ता बढाएका थिए । 

Categorized in बिजनेस