STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०८० मङ्सिर १४, बिहिबार

    नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालतले भोलि आदेश सुनाउने

    काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका आरोपितहरूको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले सुनुवाइ सकेको छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेको छ र शुक्रबार आदेश सुनाउने अदालत स्रोतले जानकारी दियो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण...

  • २०८० मङ्सिर १४, बिहिबार

    बूढानीलकण्ठ नगरपालिकाका सबइन्जिनियर ८० हजार रुपैयाँ घुससहित पक्राउ

    काठमाडौं- बूढानीलकण्ठ नगरपालिकाका सब इन्जिनियर टीकाराज राई ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई बूढानीलकण्ठ नगरपालिका-७ बाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । सब इन्जिनियर राईले घर निर्माण सम्पन्न प्रमाणपत्र दिनका लागि घुस लिएको पाइएको अख्तियारको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

  • २०८० मङ्सिर १४, बिहिबार

    खाग तस्करी गर्ने ८ जना पक्राउ

    चितवन- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बिहीबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो । विभागमा रहेको केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको समन्वयमा नेपाली सेना, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र चितवन राष्ट्रिय निकुञ्जको संलग्नतामा एकीकृत अपरेसन...

  • २०८० मङ्सिर १२, मंगलबार

    कमेडियन अपूर्व क्षितिजलाई १० हजार जरिवाना

    काठमाडौं - जिल्ला अदालत काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । १० मंसिरमा न्यायाधीश कपिलमणि गौतमको इजलासले सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्वन्धी र सामाजिक रितिस्थितिमा खलल सम्वन्धी कसुरमा आंशिक दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए । युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘...

  • २०८० मङ्सिर ११, सोमबार

    वेश्यावृत्ति आरोपमा काठमाडौंबाट स्पा सञ्चालक पक्राउ

    काठमाडौं- रातोपुलस्थित एक स्पा सेन्टरमा छापा मारेर प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । नुवाकोट ब्युटीपार्लर एण्ड स्पा सेन्टरका सञ्चालक दिनेश पौडेललाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।  ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार स्पाका नाममा युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको छ । ‘त्यहाँबाट ३ जना...

  • २०८० मङ्सिर ७, बिहिबार

    प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जनालाई २ वर्ष कैदको फैसला

    काठमाडौं - जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ । चलाउनेलाई २८ लाख १७ हजार ५ सय ९३ रूपैयाँ  क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ। प्रतिवादीहरूबाट दामासाही रूपमा यो रकम भराउनुपर्ने अदालतको फैसला छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले यो फैसला गरेको हो। अभियुक्तहरू रुपेश शाह,...

  • २०८० मङ्सिर ७, बिहिबार

    दुई मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु

    काठमाडौं - सिरहामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु र एक घाइते  भएका छन्। सिराहा नगरपालिका-१९ सन्हैठास्थित नयाँ चोकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार राति पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका...

  • २०८० मङ्सिर ६, बुधबार

    फलाक नाकाबाट तस्करीकाे ३३ किलो सुन भित्रियो

    दोलखा- दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा  क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरूको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मङ्गलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सुन...

  • २०८० मङ्सिर २, शनिबार

    धनगढीको सारथी अस्पतालसहित ८ वटा पसलमा आगलागी

    काठमाडौं - धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शनिबार बिहान करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टर लगायतका पसलमा क्षति पुगेको जानकारी दिए । स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज...

  • २०८० कार्तिक ३०, बिहिबार

    दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको जिप दुर्घटना

    काठमाडौं- दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक...

  • २०८० कार्तिक ३०, बिहिबार

    तिहारमा जुवातास खेल्ने १६५ जना काठमाडौंबाट पक्राउ, ३५ लाख बरामद

    काठमाडौं- तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको आरोपमा प्रहरीले १६५ जनालाई काठमाडौं उपत्यकाका तीन जिल्लाबाट पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ३४ लाख ६२ हजार ८ सय ८५ रुपैयाँ बरामद गरेको छ ।  यही कात्तिक ११ गतेदेखि बिहीबार बिहानसम्म काठमाडौंका १३, ललितपुरका ४ र भक्तपुरका २ स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ६९...

  • २०८० कार्तिक २४, शुक्रबार

    मुगु सामूहिक हत्या घटना : दुई जना आरोपी सार्वजनिक

    काठमाडौं - मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दु गाउँको सामूहिक हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका– ७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायाँनाथ रारा– ६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । उनीहरूलाई आज (शुक्रबार) दिउँसो जिल्ला...

Pages