STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०८० आश्विन १०, बुधबार

    २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

    काठमाडौँ, नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।हेडक्वाटरले आज गैरहाजिर प्रहरीहरुको नामावलीसहित एक सार्वजनिक गर्दै सात दिनभित्र कार्यालयमा हाजिर हुन आउन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि आफूखुसी कार्यालयमा...

  • २०८० आश्विन ८, सोमबार

    गैँडा मार्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ

    चितवन, राष्ट्रिय निकुञ्जले गैँडा मारेको अभियोगमा फरार रहेका चार जनालाई २५ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको छ । विसं २०५५ कात्तिक २८ गते खाल्डोमा पारी गैँडा मारी खाग काटेको अभियोगमा फरार रहेका विष्णु कार्की, गोगनबहादुर बाँनिया क्षेत्री, यामबहादुर बाँनिया र हरी कार्कीलाई निकुञ्जले पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उनीहरुमध्ये हरिलाई विसं २०५७ माघ २५ को...

  • २०८० आश्विन ७, आइतबार

    सहर पस्न थाले भोकाएका जङ्गली हात्ती

    झापा, झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्नुहुन्थ्यो । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फूल टिप्ने आम चलनै छ तराईतिर । गत असार १८ गते बिहान ५ बजेको घटना हो, फुल टिप्दाटिप्दै ऐया पनि भन्न नपाई उहाँलाई जङ्गली हात्तीले लपेटेर किच्यो । जङ्गली हात्तीको आक्रमणमा परेर पन्नादेवीको घटनास्थलमै ज्यान गयो ।     असार १९ गते अर्जुनधारा–३ की १३ वर्षीया...

  • २०८० आश्विन ४, बिहिबार

    दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोप

    सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई  नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो  । विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ । उनले २१...

  • २०८० आश्विन ४, बिहिबार

    ३२ थान मोबाइलसहित चार भारतीय पक्राउ

    नेपालगञ्ज, बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् । उनीहरुले...

  • २०८० आश्विन २, मंगलबार

    महाराजगञ्ज चोकमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

    काठमाडौं- काठमाडौंको महाराजगञ्ज क्षेत्रमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। महाराजगञ्जस्थित अमेरिकी दूतावास नजिकै शंकास्पद देखिने एउटा झोला देखिएपछि सेनाको टोलीले उक्त वस्तु डिस्पोज गरेको हो।  नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले उक्त वस्तु ‘होक्स’ रहेको जानकारी दिए। ‘नेपाली सेनाको बम डिस्पोजल टोली गएर बेलुका डिस्पोज गर्ने क्रममा उक्त वस्तु ‘होक्स’ रहेछ,’ उनले...

  • २०८० भाद्र ३१, आइतबार

    तीनकुने हत्याकाण्डमा पक्राउ परेका राई रिहा

    काठमाडौं - तीनकुने सामूहिक हत्याकाण्डको अनुसन्धानका क्रममा प्रहरीले शनिबार पक्राउ गरेको दीपेन्द्र राई रिहा भएका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार उनलाई आफन्तको जिम्मामा छाडिएको हो । शुक्रबार राति तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो । सःमिलमा ५६ वर्षका पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षकी अम्बिका भुजेल, पूर्णबहादुरकी आमा ७६...

  • २०८० भाद्र २६, मंगलबार

    सिन्धुपाल्चोकको जुरेमा सुख्खा पहिरो

    काठमाडौं - सिन्धुपाल्चोकको जुरेमा सुख्खा पहिरो झरेको छ । जुरेको शीरबाट ठूलो सुख्खा पहिरो झरेको हो । पहिरो झरेपछि जुरे क्षेत्रमा धुलोको ठूलो मुस्लो देखिएको थियो । मध्यान्न १२ बजेतिर डरलाग्ने गरी सुख्खा पहिरो खसेको स्थानीय प्रदीप पौडेलले जानकारी दिए ।  उनका अनुसार अझै पहिरो खस्ने क्रम रोकिएको छैन । पहिरोका कारण अरनिको राजमार्गमा सवारी साधन चल्न सकेका छैनन् । स्थानीय त्रस्त छन् । २०७१ मा झरेको...

  • २०८० भाद्र २५, सोमबार

    ठगी गर्ने तीन जना पक्राउ

    काठमाडौँ, वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । धादिङको ज्वालामुखी गाउँपालिका–१  घर भई हाल भक्तपुरको ठिमी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमार लामिछाने, कैलालीको लम्कीचुहा नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ मित्रनगर नयाँ बसपार्क बस्ने २३ वर्षीय...

  • २०८० भाद्र २५, सोमबार

    आत्महत्या दुरुत्साहन आरोपमा प्रिन्सिपल र सञ्चालक पक्राउ

    रुकुम पश्चिम, २५ भदौ : दुरुत्साहन मुद्धा परेपछि चौरजहारी नगरपालिका– १ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रक्राउ गरेको हो । सोही विद्यालयको कक्षा ८ मा अध्यनरत १३ वर्षीया सृष्टि गौतमको आत्महत्या दुरुत्साहन मुद्धामा उनीहरुलाई प्रकाउ गरिएको जिल्ला प्रहरी...

  • २०८० भाद्र २४, आइतबार

    काभ्रेपलाञ्चोकमा पहिरोको जोखिम अध्ययन गर्दै भूगर्भविद्

    काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोकमा पहिरोको उच्च जोखिम रहेको जनाउँदै तेमाल गाउँपालिकाको दुई स्थानमा अध्ययन सुरु गरिएको छ । अध्ययन टोलीमा भूगर्भ विज्ञान, सामाजिक विज्ञान र मानविकी सङ्कायका नेपाली तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता छन् । अध्ययनका लागि पहिरोको उच्च जोखिम रहेको तेमालको वडा नं ४ स्थित आखेलादुर्सा र वडा नं ५ को थालागाङमा अत्याधुनिक उपकरण राखिएको छ । पहिरोको कारण र समय पत्ता लगाउन...

Pages