
बल्खु पुलमुनि पुरुषको शव फेला
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण १६, बुधबार

काठमाडौँ - काठमाडौँको बल्खु खोलामा एक जनाको शव फेला परेको छ । खोलामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
बाँके घर भएका सुकुम्वासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको शव अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ प्रहरीका अनुसार बुधबार बिहान बल्खु पुल मुनि अड्किएको अवस्थामा महतोको शव फेला परेको हो ।
बाँके घर भई सुकुम्वासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको शव भएको प्रहरीले पुष्टि गरे पनि अनुसन्धान जारी रहेको जनाएको छ ।
Categorized in अपराध-दुर्घटना