STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०८० श्रावण ३०, मंगलबार

    मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

    सिन्धुपाल्चोक, मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम भएको...

  • २०८० श्रावण ३०, मंगलबार

    कागबेनी बाढी २९ घर पूर्णरूपमा ध्वस्त, सडक अवरुद्ध हुँदा माथिल्लो मुस्ताङ चल्ने यातायात ठप्प

    ढोरपाटन (बागलुङ), साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो । एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए । माथिपट्टि निस्किएको केही मिनेटमै कागबेनी बजारमा बाढी पस्यो, बाढीले हर्दाहेर्दै बजारलाई बगरमा परिणत बनायो । स्थानीय आफ्नो भएभरको...

  • २०८० श्रावण २९, सोमबार

    काठमाडौँकाे बुढानिलकण्ठमा पहिरो खसेर एक घर क्षतिग्रस्त

    काठमाडौँ - बुढानिलकण्ठ नगरपालिका वडा नं. ४, पासिकोटमा पहिरो खसेको छ । पासिकोटस्थित कान्तिपुर नमुना बस्तीमा गएराति करिब साढे १ बजेतिर ठूलो आवाजसहित पहिरो खसेको थियो । पहिरोले स्थानीय नरेश पाण्डेको घरलाई आंशिक क्षति पुर्याएको बुढानिलकण्ठ नगरपालिकाकी उप–प्रमुख अनिता लामाले जानकारी दिइन् । उनका अनुसार पहिरो लागेर पाण्डको घरको दाहिने मोहडातर्फको कम्पाउण्ड, झ्याल तथा मुख्य गेट र पर्खाललाई गम्भीर क्षति...

  • २०८० श्रावण २८, आइतबार

    हेटौँडा –काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध

    हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा(भैँसे(भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो । भीमफेदी(२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी(सिस्नेरी(काठमाडौँ सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका(३...

  • २०८० श्रावण २८, आइतबार

    नरदेवीमा लागेको आगो नियन्त्रणमा

    काठमाडौँको नरदेवीमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका– १८ नरदेवीस्थित शोभा बज्राचार्यको घरको पाँचौँ तल्लामा लागेको आगलागी केहीबेर अघि निभाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार बिहान करिब ७ बजे आगलागी भएकामा दमकल, पानी ट्याङकर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको हो ।...

  • २०८० श्रावण २६, शुक्रबार

    ५२ लाख नक्कली नेपाली नोटसहित ९ जना पक्राउ

    काठमाडौं - नेपाल प्रहरीले ५२ लाखभन्दा बढी नेपाली नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरेर नक्कली नोट कारोबारीलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र पार्वती नेपाली रहेका छन्...

  • २०८० श्रावण २६, शुक्रबार

    सुन तस्करी प्रकरण स् थप दुई चिनियाँ नागरिक पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा आज थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।उक्त प्रकरणमा चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा...

  • २०८० श्रावण २५, बिहिबार

    शैक्षिक प्रमाणपत्र कीर्ते प्रकरण : सांसद शर्मासहित ५ जना सिआइबीको फन्दामा

    काठमाडौं - शैक्षिक प्रमाणपत्र कीर्ते प्रकरणमा नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका सांसदसमेत रहेका डा. सुनिलकुमार शर्मासहित  ५ जनालाई पक्राउ गरेको छ । बिहीबार सिआइबीले सांसद शर्मासहित डा. रामबाबु यादव, डा. एरिना यादव, अमृत चौधरी र डा. रञ्जित कुमार यादवलाई पक्राउ गरेको हो । शर्मा काठमाडौंबाट पक्राउ परेका हुन् भने रञ्जितकुमार यादव महोत्तरी पिपराबाट र अमित चौधरी...

  • २०८० श्रावण २४, बुधबार

    अनलाइनमार्फत यौनहिंसा गर्ने दुई पक्राउ

    नेपाल प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौनहिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपतिकुमार रायले पीडित...

  • २०८० श्रावण २४, बुधबार

    हराइरहेका छ मध्ये दुई बागमती नदीमा मृत फेला

    मकवानपुरको बागमती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये दुईजनाको शव आज फेला परेको छ । बागमती–५ सिग्रेदोभानमा हिजो बिहान गएको पहिरोमा परी बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र उनकी २२ वर्षीय छोरी शीला स्याङ्तान १० किलोमिटर टाढा सिन्धुलीको हरिहरपुरगढीस्थित बागमती नदी बगरमा फेला परेको प्रहरीले जनाएको छ ।  पहिरोमा परेका अझै तीनजना बेपत्ता रहेका छन् । अक्कल बहादुरका २५ वर्षीय ज्वाइँ जीवन पहरी,...

  • २०८० श्रावण २४, बुधबार

    विषालु च्याउ खाँदा १२ जना बिरामी

    डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायव निरीक्षक केशव जोशीले जानकारी दिनुभयो । बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा,...

  • २०८० श्रावण २४, बुधबार

    सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाकोे उद्धार

    सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मङ्गलबार बाँके खोलामा शव फेला परेको हो ।  त्यस्तै सर्लाहीको बरहथवा...

Pages