relans
ni new 83
nib 2082 5

पशुपतिनाथ मन्दिरको भेटी चोर्ने ८ जना पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ ७, सोमबार

काठमाडौं- पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित ८ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  जानकारी दिए।

उनले भने, ‘पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सीसी क्यामेरा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ।’

परियार पशुपतिमा बाजा बजाउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए।

Categorized in अपराध-दुर्घटना
ppp 2