STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०८० आषाढ २६, मंगलबार

    सर्पको डसाइबाट चार जनाको निधन

    कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो । निधन हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो । दुवैजना आफ्नो हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए । बिहान दुई दाजुभाइ...

  • २०८० आषाढ २६, मंगलबार

    मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त

    मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो ।लाम्जुरापास डाडाँमा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको उहाँको भनाइ...

  • २०८० आषाढ २५, सोमबार

    ललितानिवास जग्गा प्रकरण : सीआईबीको निसाना पूर्वमन्त्री र सचिवतिर

    काठमाडौँ - ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानको निसाना पूर्वमन्त्री र सचिवहरूतिर लगाएको छ । पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीलाई पक्राउ गर्ने तयारीमा ब्युरो लागेको...

  • २०८० आषाढ २५, सोमबार

    विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपालिका–१७ का २४ वर्षीय धर्मदेव यादव र कपिलवस्तुको शुद्धोधन नगरपालिका–६ का २३ वर्षीय धर्मप्रसाद मुराउ रहेका छन् । यसैगरी धनुषाको जनकपुरधाम–५ का ३४ वर्षीय नरेश...

  • २०८० आषाढ २४, आइतबार

    काठमाडौँमा मर्निङ वाक् हिंडेकालाई लुटपाट गर्ने पाँच पक्राउ

    काठमाडौँ - काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीमा लगाइएको सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न गिरोहका पाँच जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । आज पत्रकार सम्मेलन गरी पक्राउ गरिएका पाँच जनलाई सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा रामेछाप लिखु गाउँपालिका–१ का ३२ वर्षीय रवीन दमाईं, सुनसरी धरान उपमहानगरपालिका–८ का १८ वर्षीय रवि विश्वकर्मा, काभ्रे...

  • २०८० आषाढ २४, आइतबार

    ललिता निवास जग्गा प्रकरण : सञ्चार मन्त्रालयका सचिव पक्राउ

    काठमाडौं - प्रहरीले ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ । आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) ले राउतलाई पक्राउ गरेको हो । २०७८ पुस २१ गते सचिव नियुक्त भएका राउतलाई आइतबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो। उनी विमानस्थलबाट विराटनगर जाँदै थिए । पक्राउपश्चात् प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको...

  • २०८० आषाढ २१, बिहिबार

    एलओडी पुगेकी नाबालिग बलात्कृत, सञ्चालकविरुद्ध पक्राउ अनुमति

    ललितपुर - काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबमा पुगेकी नाबालिग बलात्कृत भएपछि प्रहरीले क्लबका सञ्चालकहरुविरुद्ध पक्राउ अनुमति लिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुईजना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको हो । यो घटना जेठ ३१ गते बिहानको हो । एलओडी क्लब पुगेकी १५ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन...

  • २०८० आषाढ २०, बुधबार

    कामपामा सबैभन्दा धेरै आगलागीका घटना

    चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा काठमाडौँ महानगरपलिकामा तीन सय ९९ विपद्का घटना घटेका छन् । यसमा सबैभन्दा धेरै आगलागिका घटना रहेको कामपाले जानाएको छ ।  ती घटनामध्ये एक सय ६२ आगलागीका घटना भएको कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कामपा  क्षेत्रभित्र ग्यास चुहाव  भएर हुने आगलागी र बत्तीको पोलमा हुने आगलागीका  घटना बढी छ ।...

  • २०८० आषाढ १८, सोमबार

    बुटवलका दुई सुन पसलमा सिलबन्दी

    रुपन्देहीको कालिदह नाका भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झण्डै साढे दुई किलोको शङ्कास्पद वस्तु बरामद गरेको थियो । अनुसन्धान गर्दा इँटाजस्तो उक्त वस्तु एक केजी ९६५।३ ग्राम तौलको सुन प्रमाणित भएको थियो । रुपन्देहीको लुम्बिनी...

  • २०८० आषाढ १७, आइतबार

    ललिता निवास जग्गा प्रकरण : थप ३ जना पक्राउ

    काठमाडौं - ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो । प्रहरीले गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोतका तत्कालिन कर्मचारी धर्मप्रसाद गौतमसहित ७ जनलाई पक्राउ गरेको थियो । पक्राउ परेका ७...

  • २०८० आषाढ १५, शुक्रबार

    नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

    बिहीबार मध्याह्नदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सडक एकतर्फी सञ्चालनमा आएको हो । साँझ ५ बजेदेखि एकतर्फी सवारी सञ्चालनमा आएसँगै केही बेरमा ढुङ्गासहित पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको थियो । सडक बन्द हुने र खुल्ने क्रम जारी रहेको छ । जिल्ला ट्रफिक प्रहरी कार्यालय...

  • २०८० आषाढ १२, मंगलबार

    ललिता निवास प्रकरणमा पक्राउ परेका ३ जना रिहा

    काठमाडौं - ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जना रिहा भएका छन् । मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसी रिहा भएका हुन् । प्रहरीले उनीहरुलाई कागज गराएर रिहा गरेको हो । स्टे–अर्डरमा पक्राउ नगर्न आदेश दिइएको अवस्थामा कागज गराएर छाडिएको बताइएको छ। मंगलबार रिहा भएका तीन जनासहित ७...

Pages