relans
ni new 83
nib 2082 5

इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार

Janjati Khabar – Janjati Khabar | २०८० माघ १, सोमबार

ललितपुर - ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार भएको छ।

सोमबार बिहान ९:५० बजे महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै एक घरमा खसेकी महिलाको उद्धार भएको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिए। 

दोलखा घर भई इमाडोलमा डेरा गरी बस्ने २८ वर्षीया न्यूतन प्रधानलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ। उनको खुट्टामा चोट लागेको हुनसक्ने प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनी कपडा धोइरहेकी थिइन्। कपडा सुकाउनका लागि इनारको स्ल्याबमाथि चढिन्। त्यही बेला स्ल्याब फुटेर इनारभित्र खसेकी हुन्। 

Categorized in अपराध-दुर्घटना
ppp 2