STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बाँसबारी जग्गा हिनामिना प्रकरण : पक्राउ पर्ने तीन जनालाई अदालत लगियो

Janjati Khabar – Janjati Khabar | २०८० माघ १८, बिहिबार

काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सीआईबीले अरुण चौधरी, अजितनारायण सिंह थापापछि थप एकजनालाई पक्राउ गरेको छ । 

चौधरी अध्यक्ष रहेको सीजी होल्डिङ्सको महाप्रबन्धक रहिसकेका सञ्जय ठाकुरलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दियो । 

'बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडप्ने क्रियामा ठाकुर समेतको प्रत्यक्ष संलग्नता रहेको देखिएकाले उनलाई पनि पक्राउ गरिएको हो,' सीआईबी स्रोतले भन्यो ।

उद्योगी चौधरीलाई बिहीबार अपराह्न लाजिम्पाटस्थित आफ्नै घरबाट सीआईबीले पक्राउ गरेको थियो भने थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको थियो । 

तीनै जनामाथि अनुसन्धान गर्न भनेर सीआईबीमा वडा नम्बर ३ का ४८ जनाले उजुरी दिएको स्रोतको भनाइ छ । पक्राउ परेका तीनै जनालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।

Categorized in अपराध-दुर्घटना