STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८० माघ ९, मंगलबार

काठमाडौं- नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ । 

सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।

उनले भारतबाट एमबीबीएस उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार भट्टाचार्यले विगत ९ महिनादेखि नक्सालस्थित वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको जाँच तथा उपचार गरिसकेका छन् ।

त्यस्तै धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको चेकजाँच गरेको अनुसन्धानबाट खुलेको छ । आफूलाई इन्डोक्राइनोलोजी कन्सल्टेन्सी बताउँदै बज्राचार्यले उपचार गर्दै आएको प्रहरी बताउँछ ।

त्यस्तै विदेश जानेका लागि नक्कली मेडिकल रिपोर्ट समेत बनाउँदै आएका थिए ।

Categorized in अपराध-दुर्घटना