STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

न्यायाधीश पत्नीले सर्वोच्च परिसरमा गरिन् आत्मदाह प्रयास

Janjati Khabar – Janjati Khabar | २०८० पौष २९, आइतबार

काठमाडौं - न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन् । सर्वोच्च अदालत पुगेकी उनले केहीबेरअघि त्यहाँ आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

उनले आफैंमाथि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । उनले आफ्नो शरीरमा पेट्रोल खन्याउन लागेपछि प्रहरीले रोकेको थियो । प्रहरीसले उनीसँग रहेको पेट्रोलको बोतल र सलाई खोसेर नियन्त्रणमा लिएको जनाएको छ ।

उनले न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी छन् । यसअघि पक्राउ परेका गिरीलाई अदालतले धरौटीमा रिहा गरेको थियो ।

Categorized in अपराध-दुर्घटना