STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काभ्रेमा बस दुर्घटना हुँदा पाँच जना घाइते

Janjati Khabar – Janjati Khabar | २०८० माघ १८, बिहिबार

काभ्रे - काभ्रेमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइते हुनेमा पाँचखाल नगरपालिका-६ की २४ वर्षीया नबिना दनुवार, नमोबुद्ध नगरपालिका-३ की ३६ वर्षीया वाङ्जु लामा, उनकी छोरी ११ वर्षीया फुर्सङ लामा, उनको छोरा ९ वर्षीय समर्पण लामा  र नमोबुद्ध नगरपालिका-५ की २० वर्षीया करुणा भुजेल रहेका छन्। 

काभ्रेको बनेपा नगरपालिका-१४, भैंसेपाटी स्थितमा पनौतीबाट काठमाडौं तर्फ जाँदै गरेको बा २ ख ६६६९ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा प्र-०१-००६ ख २९९७ नम्बरको मयुर बसलाई ठक्कर दिएको हो। 

घाइतेलाई उपचारका लागि सिरमेमोरियल अस्पताल पठाइएको छ। बससहित चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ। 

Categorized in अपराध-दुर्घटना