STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०८० श्रावण १५, सोमबार

    राति साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि............

    टीकापुर–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो ।     कालीदेवीले केही सोच्नै सक्नुभएन । हात्तीले उहाँको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो । “हात्तीले पछाडि घरमा हान्न थाल्यो, भूकम्प आयो कि भन्ने सोचेँ...

  • २०८० श्रावण १२, शुक्रबार

    बलात्कार आरोपमा आयोजना इन्जिनियर पक्राउ

    काठमाडौं - मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको बुझिएको छ। एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि ५२ वर्षीय पोखरेललाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए। ब्लु क्रस अस्पतालमा उपचारका लागि आएका पोखरेललाई प्रहरीले नियन्त्रणमा...

  • २०८० श्रावण १२, शुक्रबार

    काठमाडौंबाट चित्लाङ जाँदै गरेको भ्यान दुर्घटनामा दुईको मृत्यु

    काठमाडौं - काठमाडौँको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । आज विहान बा १० च ३५४६ नंको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो । मृत्यु हुनेमा सिन्धुलीका २० वर्षीय चालक नवराज थोकर र काभ्रेका ४५ वर्षीय यात्रु अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए। काठमाडौंबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त...

  • २०८० श्रावण ११, बिहिबार

    छाँगावरोहण गर्दा एकको निधन

    छाँगावरोहण (क्यानोनिङ) गर्ने क्रममा लडेर पोखरा महानगरपालिका–२६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारीको निधन भएको छ । बुधबार अपरान्ह माछापुच्छे गाउँपालिका–९ घलेलस्थित झरनामा ‘क्यानोनिङ’ गर्ने क्रममा लडेर घाइते भएकी भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस

  • २०८० श्रावण १०, बुधबार

    सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन्

    काठमाडौं - काठमाडौँको सामाखुसी खोलामा गत आइतबार साँझ आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर अझै फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालक मगरको खोजी कार्यका लागि नेपाल प्रहरीको विपद् व्यवस्थापनको टोली तथा गोताखोर टोली खोजीकार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी...

  • २०८० श्रावण १०, बुधबार

    सोह्रखुट्टेबाट ब्रेक शु र सुन नाप्ने मेसिन बरामद

    काठमाडौं - सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले काठमाडौंको सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारेको छ। बुधबार विमागबाट खटिएको टोलीले सोह्रखुट्टेको एक घरमा छापा मार्दा ब्रेक शु, डिस्क ब्रेकका सामान तथा सुन नाप्ने मेसिन, हिटर पनि बरामद गरेको छ । विभागले त्यहाँ बरामद गरेका सामानहरु त्रिभुवन विमानस्थलमा बरामद गरेको पोकाजस्तै रहेको बताइएको छ । तर, ती पोकाहरुमा सुन छ छैन त्यसबारे भने...

  • २०८० श्रावण ९, मंगलबार

    मृत फेला परेका प्रहरीको स्थलगत अनुसन्धान सकियो, हत्याको आशंका

    काठमाडौं - सोमबार राति मृत फेला परेका इलाका प्रहरी कार्यालय बागलुङ, भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक उज्जल पौडेलको मृत्युबारे प्रहरीको स्थलगत अनुसन्धान सकिएको छ । जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का नेतृत्वको टोली घटनास्थलमा पुगि अनुसन्धान सकेर सदरमुकाम फिर्ता भएको हो । स्थलगत अनुसन्धानको निष्कर्ष अनुसार पौडेलको हत्या भएको प्रमुख खड्काले...

  • २०८० श्रावण ९, मंगलबार

    बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते

    नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो । नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किँएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान सो दुर्घटना भएको हो...

  • २०८० श्रावण ८, सोमबार

    बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

    बैतडी - बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका २ को भैरु टोलमा पहिरोमा घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । अन्जुका देवर गोब्बर जागरी उनका आमा रायमति जागरी र छिमेकी जस्मा बोहरा पनि घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल...

  • २०८० श्रावण ७, आइतबार

    सामाखुसी खोलाले बगाउँदा १३ वर्षीय बालक बेपत्ता

    काठमाडौं - काठमाडौंको सामाखुसीमा खोलाले बगाउँदा आज १३ वर्षीय साजन मगर बेपत्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक आज फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए । खोलामा खसेर बेपत्ता भएका बालकको खोजीमा प्रहरी परिचालन गरिएको प्रहरी वरिष्ठ...

  • २०८० श्रावण ७, आइतबार

    भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका सिडिओ निलम्बनमा

    काठमाडौं- भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन्। तत्कालीन सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा परेका हुन्। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले खतिवडालाई आइतबार नै निलम्बन गरिएको...

  • २०८० श्रावण ७, आइतबार

    सय किलो सुन प्रकरणमा थप ६ जना पक्राउ

    काठमाडौं । केही समयअघि त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक सय किलो अवैध सुन नियन्त्रणमा लिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् । उनीहरुलाई आइतबार राजस्व अनुसन्धान विभागको विशेष टोलीले पक्राउ गरेको हो । यो सँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ । भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे...

Pages