STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीमाथि अनुसन्धान सुरू

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र ८, बिहिबार

काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद तथा अर्वपति व्यवसायी विनोद चौधरीमाथि अनुसन्धान अगाडि बढाएको छ। बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले चौधरीमाथि अनुसन्धान अगाडि बढाएको हो। 

प्रतिनिधि सभा सदस्य रहेका चौधरीमाथि अनुसन्धान भइरहेको विषयमा सीआईबीले सभामुख देवराज घिमिरेलाई समेत जानकारी गराएको छ। संघीय संसद् सचिवालय स्रोतका अनुसार सीआईबीका प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले सभामुखलाई पत्र लेख्दै चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएका छन्। 

सभामुखलाई बुझाइएको पत्रमा काठमाडौं महानगरपालिका वडा नम्बर ३ को कार्यालय र नवराज शर्मासमेतको जाहेरीले चौधरीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढेको उल्लेख छ।

सीआईबीले त्यतिबेला चौधरीसहित बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो। थापा अध्यक्ष रहेको बेला बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा अनधिकृत रुपमा व्यक्तिको नाममा लैजाने काम भएको देखिएको थियो। बाँसबारी छाला जुत्ता उद्योग निरन्तर घाटामा गएको भन्दै १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई बेचिएको थियो। च्याम्पियन फुटवेयरमा विनोद चौधरी, बसन्त चौधरी र अरुण चौधरी लगायत संस्थापक सदस्य थिए।

Categorized in अपराध-दुर्घटना